arrow

जुबैरपछि अर्का सह संस्थापकको गिरफ्तारी माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
mohammad-zubair.jpg

काठमाडौं । अल्ट न्यूजका सह-संस्थापक मोहम्मद जुबैर हिरासतमा रहेका छन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा  फ्याक्ट-चेकिङ वेबसाइटका सह-संस्थापक जुबैर  ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप छ । हालसम्म उनले  अदालतबाट राहत पाएका छैनन्।  

अब  अल्ट न्यूजका सह संस्थापक प्रतीक सिन्हालाई पक्राउ गर्न माग गरिएको छ । फिल्म निर्माता अशोक पण्डितले  सो माग गरेका हुन् ।  

प्रतीक सिन्हाका धेरै पुराना ट्विटहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनले चाडपर्व र देवताहरूबारे टिप्पणी गरेका छन्। 

त्यसमा हिन्दु देवताको अपमान गरेको र धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाएर पक्राउ गर्न पण्डितले माग गरेका छन् ।

जुबैरले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई हाइलाइट गरेका थिए । दुवै अल्ट न्यूजका सह-संस्थापक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ