arrow

स्कुले विद्यार्थी बोकेको बस खस्दा १६ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
scholl-buss.jpg

काठमाडौं ।  भारतमा स्कुले विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ ।  हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो । 

साँसेरबाट साँजतर्फ आउँदै गरेको निजी बस जाङ्ला गाउँ नजिकै सडकबाट तल खसेको बताइएको छ । बिहान ८.३० बजे भएको दुर्घटनामा विद्यालयका बालबालिकासहित १६ जनाको मृत्यु भएको बताइएको छ ।  दुर्घटनाको कारण भने खुलेको छैन ।

बसमा ३० देखि ३५ यात्रु सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ