arrow

२७ करोडको महँगो कार, निजी जेटमा रमाउने टम क्रुजको यस्तो छ जीवन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
tom-cruise.jpg

काठमाडौं ।  टम क्रुज हलिउड उद्योगका एक्सन हिरो हुन् । उनी हलिउडका चर्चित कलाकार मध्येका एक हुन् । आम्दानी र कुल सम्पत्तिको हिसाबले टम क्रुज संसारकै सबैभन्दा धनी अभिनेता हुन्। उनका फिल्महरू ब्लकबस्टर छन् । 

हालै टम क्रुजको सन् १९८६ मा रिलिज भएको टप गनको सिक्वेल 'टप गन माभेरिक' रिलिज भएको थियो ।  चलचित्रले अपार सफलता प्राप्त गरेको छ।  योसँगै सन् २०२३ मा टम क्रुजको चर्चित फिल्म मिसन इम्पोसिबलको सातौँ स्विकेवल रिलिज हुन लागेको छ । उनको जीवनशैली  विलासी, कार संग्रह, लक्जरी बङ्गला छ। जुलाई ३ मा टमले ६० औं जन्मदिन मनाइएका छन् ।

सन् १९८३ मा आएको रिस्की बिजनेस उनको पहिलो फिल्म थियो । जसपछि उनी उद्योगका सुपरस्टार बने । टम क्रुजको बेभर्ली हिल्स, क्यालिफोर्नियामा एउटा घर जग्गा थियो। १०,२८६ वर्ग फिट क्षेत्रफलमा फैलिएको यस सम्पत्तिलाई टमले लियोन र डाब्रा ब्ल्याकलाई ४० मिलियन डलर अर्थात् ५ अर्ब बढी नेपाली रुपैयाँमा बेचे । टम क्रुजको हाल कोलोराडोमा ३  अर्ब ७९ करोड बढीको घरमा बस्छन् ।

टम क्रुजसँग ४ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको कार र विमान छ । गाडीको सन्दर्भमा टम क्रुजको मन पर्ने ब्रान्डहरू पोर्श र ब्रेमोन्ट हो ।  यसबाहेक, उनीसँग बुगाटीद्वारा निर्मित स्पोर्ट्स कार भेयरन छ, जसको मूल्य लगभग २८ करोड ४६ लाख रुपैयाँ छ।

२७ करोड नेपाली रुपैयाँको स्पोर्ट्स कार छ । कारहरू बाहेक, टम क्रुजसँग निजी जेटको स्वामित्व छ, जसको मूल्य ६३ हजार डलर भन्दा बढी छ, साथै ९३ हजार डलरको निजी विमान छ।

अभिनेता टम क्रुज फिल्मबाट कमाउँछन्। उनी अभिनेतासँगै निर्माता पनि हुन् । टम क्रुजले मासिक ५० करोड  कमाउँछ। वार्षिक टम क्रुजले ६३ अर्बसम्म कमाउँछन् । 

टम क्रुजले एउटा फिल्मका लागि ४ करोड डलर अर्थात् ४ अर्ब रुपैयाँभन्दा बढी शुल्क लिन्छ । योसँगै उनले ४८ अर्ब १९ करोडको व्यक्तिगत लगानी गरेका छन् ।

अमेरिकी अभिनेता र निर्माता टम क्रुजको कुल सम्पत्ति ७८ अर्ब ४२ करोड २३ लाख  नेपाली रुपैयाँ छ । टम क्रुज हलिउड र अन्य फिल्म उद्योगमा सबैभन्दा प्रसिद्ध अभिनेता मध्ये एक हुन् । 

हलिउड चलचित्रमा १० मध्ये ८ जना टम क्रुजका फ्यान छन् । कमाइसँगै परोपकारमा पनि टम क्रुज कम छैन । उनको कमाइको ठूलो हिस्सा अमेरिका लगायत विश्वभर परोपकारमा जान्छ ।



नयाँ