arrow

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २० सोमबार
nabil-bank-nb-bank.jpg

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार शुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले  एक्विजिसन प्रस्ताव पारित गरेको थियो । केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो । 

नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् । नबिल बैंकले केही दिन पहिले मात्रै बंगलादेशका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई सीईओ नियुक्त गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ