arrow

केन्द्रीय समितिको बैठकमा प्रचण्डले जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
maobadi-kendra-kendriya-samiti-baithak-2079-03-19 (2).jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन् ।

गत आइतबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले आज जवाफ दिने कार्यक्रम तय भएको छ । 

९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा शुरुको दिन प्रदेश र गैरभूगोलवाट रिपोर्टिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्वमाथि प्रश्न गरेका थिए । 

बैठक आजै सकिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ