- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठक अचानक स्थगित भएको छ । आइतबारदेखि तीन दिनका लागि भनेर बसेको बैठक आज बिहान ११ बजे बस्ने भनिएको थियो । तर बैठक अचानक स्थगित भएको जनाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरण शर्माले बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी दिएका छन् ।
आजको बैठकमा प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । गत आइतबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले आज जवाफ दिने कार्यक्रम तय भएको थियो ।
९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा शुरुको दिन प्रदेश र गैरभूगोलवाट रिपोर्टिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्वमाथि प्रश्न गरेका थिए ।
आजको बैठक अचानक स्थगित भएपछि अब भोलि प्रचण्डले जवाफ दिनेछन् ।