arrow

झारफुक गर्न आएकी महिलालाई बोक्सीभन्दै कुटपिट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
kutpit1.jpg

सङ्खुवासभा । महिलालाई बोक्सीभन्दै कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

सङ्खुवासभाकी ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई पक्राउ गरेको हो । 

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरेका थिए । 

कार्कीको कुटाइबाट महिला घाइते भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

 घाइते महिलाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ