arrow

पूर्वाधार निर्माणका लागि गठित समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७९ असार २१ मंगलबार
madhes-pradesh-purbadhar-samiti-pratibedan.jpg

जनकपुरधाम । मधेस प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई मंगलबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ । 

जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिसकेपछि सरकारको मुख्य प्रशासनिक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको संयोजकत्वमा गठन गरेको समितिले सरोकारबालाहरुसँगको छलफल पश्चात आफ्नो प्रतिवेदन मुख्यमन्त्री राउतलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।

समितिले राजधानीको मूल संरचनाको लागि जचुकाली परिसरलाई नै मुख्यप्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्थ जग्गाहरुलाई  समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज  यादवले  बताए ।

उनले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा अभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणका लागि सिफारिस गरेको जानकारी गराए ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरी साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ