arrow

भगवान्‌को फोटोमा मासु बेरेर बेचेको आरोपमा एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
Meat-butchering.jpeg

काठमाडौं । भारत उत्तर प्रदेशका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

देवी देवताको फोटो भएको कागजमा मासु बेचेको आरोपमा उत्तर प्रदेशको सम्भल जिल्लाका महक रेष्टुरेन्टका मालिक ५८ वर्षीय तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी महक रेस्टुरेन्टका सञ्चालक हुन् । उनले भगवान्‌को फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोप छ ।

हुसेनले हिन्दु देवीदेवताका फोटो भएको पत्रिकामा राखेर मासु बेचिरहेको भेटिएको थियो । त्यो कार्यले हिन्दु धर्म मान्नेहरूको भावनामा चोट समेत पुगेको छ ।

तालिब हुसेनलाई पक्रेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ