arrow

श्रीमतीलाई भन्न हुँदैन यी कुरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
chanakya.jpg

काठमाडौं । श्रीमान् श्रीमती एकर्काका परिपूरक हुन् भनिन्छ । दुबै सुख दुखका साथी हुन् । तैपनि, जीवनमा केही चीजहरू छन् जुन कुनै पनि व्यक्तिलाई भन्नु हुँदैन। यी कुराहरू आफ्नी श्रीमतीबाट पनि लुकाएर राख्नुहोस् अन्यथा भविष्यमा समस्याको सामना गर्नु पर्नेछ । 

चाणक्यले नीतिमा भनेका छन् - श्रीमान्ले श्रीमतीलाई आफूलाई गरेको अपमानको बारेमा कहिल्यै बताउन हुँदैन । 

आचार्य चाणक्य भन्छन् दान गोप्य रूपमा गरिन्छ भने मात्र महत्त्वपूर्ण छ। श्रीमतीबाट समेत गोप्य राख्नुपर्छ । यस कारणले गर्दा तपाईँको दानको महत्त्व घट्छ, साथै धेरै पटक तपाईँको श्रीमतीले परोपकारमा गरेको खर्चको हवाला दिएर तपाईँलाई राम्रो नराम्रो भन्न सक्छिन्।

आचार्य चाणक्यका अनुसार यदि श्रीमान्मा कुनै कमजोरी छ भने, उनले श्रीमतीसँग साझा गर्नु हुँदैन। चाणक्यका अनुसार यदि तपाईँकी श्रीमतीले तपाईँको कमजोरीको बारेमा थाहा पाए उनले तपाईँको कमजोरीलाई आफ्नो कुराको अस्त्र बनाएर आक्रमण गर्नेछिन्। त्यसैले आफ्नो कमजोरी कसैलाई नभन्नु।

श्रीमानले आफ्नी श्रीमतीलाई आफ्नो कमाइको बारेमा पनि भन्नु हुँदैन। यदि उसलाई तपाईँको कमाइको बारेमा थाहा भयो भने, उसले त्यसमा अधिकार दाबी गरेर तपाईँको सबै खर्च रोक्न प्रयास गर्नेछिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ