arrow

शुभबेला दुईपटक भएको यस्तो हुनेछ समग्रमा बिहीबारको दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ असार २३ गते बिहीबार, इस्वीसंवत जुलाई ७ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढशुक्लपक्षको अष्टमी तिथि रहनेछ । आज नक्षत्रमा हस्ता, विष्कुम्भादि योगमा परिध, करणमा बब, आनन्दादि योगमा राक्षश रहनेछ । सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि २५ पला अर्थात १३ घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १५ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ः०१ बजे हुनेछ ।

आजको राशिफल :

मेष : समय शुभ छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्ने छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।

वृष : समय खराब छ । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । शत्रु सबल रहन सक्छन् । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमी र प्रेमिकाकाबिच खिन्नता बढ्नेछ ।

मिथुन : समय खराब छ । नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच तनाव बढ्नेछ ।

कर्कट : समय राम्रो छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक तथा राजनैतिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । घर जग्गा खरिद तथा बिक्रीको राम्रो योग रहेको छ ।

सिंह : समय खराब छ । अध्ययनमा त्यति ध्यान दिन सकिनेछैन । सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । व्यर्थको सास्ति खेप्नुपर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । अधिकार प्राप्तिका लागि खूब संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने देखिएकोछ ।

कन्या : समय राम्रो रहनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । लामो यात्रा सुखद् र सफल हुनेछ । परिवारमा पनि सुख सन्तोष छाउनेछ ।

तुला : समय खराब छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ । आफ्नै जिद्धीपनाले गर्दा काम बिग्रने डर हुनेछ । अनावश्यक झुटा आरोप लाग्ने देखिन्छ, सजक रहनुहोला । टाढाको यात्रा आज शुभ छैन । परिवारमा झगडा पर्न सक्छ, मनलाई शान्त राख्न देवीको मन्दिरमा पूजा गर्नुहोला ।

वृश्चिक : समय राम्रो छ । लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । वाहान लाभ हुने समय आएको छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला । धार्मिक कार्य गर्दा राम्रो हुनेछ ।

धनु : समय मध्यम खालको रहनेछ । समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिक कष्टप्रद हुनेछ । आज माया प्रेममा टाढै रहनु बेस हुनेछ, तपाइँकी प्रेमिकाले शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ ।

मकर : समय शुभ रहनेछैन । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुसार चल्न नसक्दा दुःख पाईनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानी गर्दा लगानी डुब्ने सम्भावना देखिन्छ, ध्यान दिनुहोला ।

कुम्भ : समय खराब छ । लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला ।

मीन : आज समय राम्रो रहनेछ । छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाइनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनी गरि मनग्गे आम्दानी गर्न सकिनेछ । तपाईको काममा दाजुभाई तथा छिमेकीबाट सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

साइत :
बिहान ०५ः१२ बजेदेखि ०६ः५६ बजेसम्म शुभ बेला,

बिहान ०६ः५६ बजेदेखि ०८ः४० बजेसम्म रोग बेला,

बिहान ०८ः४० बजेदेखि १०ः२४ बजेसम्म उद्धेग बेला,

बिहान १०ः२४ बजेदेखि १२ः०८ बजेसम्म चर बेला,

बिहान १२ः०८ बजेदेखि १ः५२ बजेसम्म लाभ बेला,

दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म अमृत बेला,

दिनमा ३ः२५ बजेदेखि ५ः१९ बजेसम्म काल बेला,

दिउँसो ५ः१९ बजेदेखि ७ः०३ बजेसम्म शुभ बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



नयाँ