arrow

जो फेरि घर फर्किए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
dilip-sanu.jpg

काठमाडौं । आज दिवङ्गत अभिनेता दिलीप कुमारको पहिलो पुण्य तिथि परेको छ । ट्रेजेडी किंङ दिलीप कुमार लामो समयदेखि बिरामी थिए । उनको शरीरमा पानीको कमिले  मिर्गौलामा समस्याको कारण स्वास्थ्यमा खराबी आएको थियो । दिलीपकी श्रीमती सायरा बानोले आफ्नो पतिको सम्झनामा लामो नोट शेयर गरेकी छिन् । गत वर्ष दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको थियो । 

सायरा शुरुदेखि नै दिलीप कुमारको फ्यान थिइन । दिलीप कुमारको जन्म १९१२ मा पेशावर (अहिले पाकिस्तानमा) भएको थियो। दिलीप कुमारको न्वरानको नाम मुहम्मद युसुफ खान हो।   उनका बुबा मुम्बईमा बसोबास गरेका थिए जहाँ उनले हिन्दी फिल्महरूमा काम गर्न शुरू गरे। उनले आफ्नो नाम परिवर्तन गरेर दिलीप कुमार राखे जसले गर्दा उनी हिन्दी चलचित्रमा बढी मान्यता र सफलता प्राप्त गर्न सके।  दिलीप कुमारले १९६६ मा अभिनेत्री सायरा बानोसँग विवाह गरे। विवाहको समयमा दिलीप कुमार ४४ वर्ष र सायरा बानो २२ वर्षका थिए। सन् १९८० मा उनले दोस्रो पटक पनि केही समयको लागि विवाह गरेका थिए।

दिलीप कुमारकी श्रीमती सायरा बानोको जन्म १९४४ मा मसुरीमा भएको थियो। उनको जीवन कुनै फिल्म कथा भन्दा कम छैन। सायराले आफ्नो बाल्यावस्था लन्डनमा बिताइन् तर १९६०  मा उनले आफ्नो पढाइ सिध्याइन् र मुम्बई फर्किन्। उनी शुरूदेखि नै आफ्नी आमा जस्तै बलिउड अभिनेत्री बन्न चाहन्थिन्। उनका बुबा मियां एहसान-उल-हक फिल्म निर्माता थिए ।  जसले मुम्बईमा 'फूल' र पाकिस्तानमा 'वादा' नामको फिल्म निर्माण गरेका थिए । सायराकी हजुरआमा छामियान बाई दिल्लीको तवायफ थिइन्, उनलाई शमशाद बेगमको नामले चिनिन्थ्यो ।

सायराले १९६१ मा रिलिज भएको फिल्म 'जङ्गल' बाट आफ्नो क्यारियर शुरू गरेकी थिइन् । बलिउड फिल्म यात्रामा एक अभिनेत्रीको रूपमा यो सायरा पहिलो कदम थियो। यस फिल्ममा उनले कश्मीरी केटीको भूमिका खेलेकी थिइन्। १९६८  मा आएको फिल्म 'पडोसन' ले सायरालाई लोकप्रिय बनायो। ६०-७० को दशकमा, सायरा बानोको नाम बलिउडका प्रसिद्ध र सुन्दर अभिनेत्रीहरूमा स्थापित भयो।

सायरा बानो र दिलीप कुमार बलिउडका सदाबहार जोडी हुन्। सायरा बानोले दिलीप कुमारसँग २२ वर्षको उमेरमा विवाह गरेकी थिइन् । तब दिलीप ४४ वर्षका थिए। सायराले बाल्यकालमा केवल दिलीप कुमारसँग बिहे गर्ने निर्णय गरेकी थिइन । सायरा १२ वर्षको हुँदा दिलीप कुमारलाई पागलको रूपमा मन पराउँथिन्।

दिलीप कुमारले आफ्नो आत्मकथा 'द सबस्टन्स एण्ड द श्याडौ' मा भनेका थिए, 'सायरा बानू १९७२ मा पहिलो पटक गर्भवती भएकी थिइन, ८ महिनाको गर्भावस्था सायरामा रक्तचापको समस्या देखियो , जसमा शल्यक्रिया भ्रूण बचाउन सम्भव थिएन। र बच्चाको सास फेर्दै मृत्यु भयो। त्यो छोरा थियो भनेर पछि थाहा भयो। यस घटनापछि सायरा कहिल्यै गर्भवती हुन सकिनन्।'

कुनै सन्तान नभएपछि  सन् १९८०  मा दिलीप कुमारले हैदराबादमा रहेकी एक सम्बन्धविच्छेद भएकी महिला असम रहमानसँग विवाह गरे। असमका पहिलेदेखि नै सन्तानहरू थिए। दिलीपलाई लाग्यो कि असम र उनका पहिलो लोग्नेले उनीहरूलाई धोका दिइरहेका छन् र मिडियामा उनको सबै गोप्य कुरा  खोल्दै छन् । यसपछि, दिलीपले आफ्नो गल्ती महसुस गरे र १९८३ मा असमानलाई सम्बन्धविच्छेद गरेर फेरि श्रीमती सायरासँग फर्किए।

दिलीप कुमारले मानेका छोरा शाहरुख खान हुन् । दिलीप कुमार शाहरुखका प्रिय अभिनेता हुन् । 

दिलीप कुमारलाई सन् १९९४ मा दादा साहब फाल्के अवार्डबाट  सम्मानित गरिएको थियो । सन् २०१५ मा उनलाई पद्म विभूषण प्रदान गरियो । दिलीप कुमारले सन् १९४४ मा ज्वार भाटा चलचित्रबाट आफ्नो  अभिनयको सुरुवात गरेका हुन् । दिलीप कुमारको चर्चित चलचित्रमा  देवदास, मुगल-ए-आजम, गङ्गा जमुना, आन, अंदाज आदि चलचित्र रहेका छन् ।



नयाँ