- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ताभन्दा बाहिर बस्न नचाहने नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारी को बन्ने प्रतिस्पर्धा भएको छ । केन्द्रीय कमिटीको बैठक दिउँसो बस्दै गर्दा उत्तराधिकारी बन्ने भन्ने प्रतिस्पर्धा कायमै छ । बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक स्थगित भएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा, माओवादीमा पदाधकारी चयन गर्न नसकेको अवस्था र महासचिवको रस्साकस्सी चलेको बेलामा उत्तराधिकारीमा समस्या आएको हो । नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरामध्ये एक जनालाई वरिष्ठ उपाध्यक्ष वा सम्मानित नेता बनाउने कसरत अघि बढेको छ ।
मूल माओवादीले श्रेष्ठलाई उत्तराधिकारी मान्न अप्ठेरो परेका कारण पनि प्रचण्डलाई समस्या परेका छ । जनयुद्ध लडेका नेता कार्यकर्ताले श्रेष्ठलाई वरिष्ठ वा सम्मानित नेता मान्न आनाकानी गरेका छन् ।
बुधबार माओवादी केन्द्रका नेताहरु प्रतिनिधि सभाको बैठकमा व्यस्त भएकाले कमिटी बैठक स्थगित गरिएको जनाइएको थियो । आइतबारबाट बैठक शुरु भएकोमा सोमबार सहभागीले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि प्रश्न गरेका थिए । माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बनेपछि मंगलबार बैठक रोकेर प्रचण्डले खुमलटारमै छलफल थालेका थिए । बुधबार पनि अर्थमन्त्री शर्माले राजीनामा दिँदा महासचिवको ग्यारेण्टी गर्न आग्रह गरेपछि बैठक रोकिएको थियो ।
मंगलबार रातिदेखि नै खुमलटारमा महासचिवका बारेमा नेताहरुबीच छलफल भएको थियो । बुधबार बिहान पनि पदाधिकारी चयनबारे छलफल भएको थियो । तर पदाधिकारीबारे टुंगो लाग्न सकेन । बिहीबार बिहान पनि पदाधिकारी चयनबारे छलफल भएको नेताहरुले बताएका छन् ।
माओवादीमा महासचिवका लागि अहिले सबैभन्दा बलियो दाबेदारका रुपमा पछिल्लो समय हरिबोल गजुरेल र शक्ति बस्नेत चर्चामा छन् । यस्तै, त्यतिबेलादेखि नै माओवादीका नेता पम्फा भुसाल र देव गुरुङ पनि महासचिवको दौडमा छन् । वर्षमान पुन र जनार्दन शर्माले अडान कायमै राखेका बेलामा अन्य नेताहरुले पनि महासचिवमा दाबी गरेका छन् ।
महाधिवेशन सकिएको ६ महिनासम्म पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन । अध्यक्ष प्रचण्ड पहिलो केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत चयन भएका थिए । त्यसबेला नै महासचिवलाई लिएर विवाद भएको थियो ।
जनार्दन शर्मा र वर्षमान पुनले महासचिवमा दाबी गरेका थिए । दुवैजना पछि नहटेपछि पदाधिकारी चयन बिना नै महाधिवेशन सकिएको थियो । अहिले पनि पुन र शर्माबीच नै रस्साकस्सी चलेको छ । दुवै जनाले दावी नछाडेका कारण प्रचण्डले तेस्रो व्यक्तिलाई महासचिव चयन गर्ने संभावना बढेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको मंगलबारको बैठकले पदाधिकारी तथा कमिटीका सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई नै दिएको थियो । प्रचण्डले बुधबारको बैठकमा पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्यूरो सदस्यको नाम प्रस्तुत गर्ने नेताहरुले बताएका थिए ।
तर बुधबारको बैठक स्थगित भएपछि आज प्रचण्डले बिहान निवासमा नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड निकट स्रोतका अनुसार पदाधिकारीमा अझै पनि टुंगो लाग्न सकेको छैन ।
माओवादीको केही केन्द्रीय सदस्यहरुले वर्षमान र जनार्दन दुवैलाई महासचिव बनाउन नहुने लविङ गरिरहेका छन् । यसको फाइदा महरालाई हुने देखिएको छ । महरा यदि महासचिव भएमा उनको राजनीतिक करियरमा नयाँ आयाम आउने माओवादीभित्र चर्चा चलेको छ ।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तीन महिना थुनिएपछि उनलाई राजनीतिमा आउने सहज वातावरण थिएन ।