- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटीको बैठक खुमलटारमा जारी रहेको छ । जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्नु अघि पूर्व स्थायी कमिटीको बैठक बसिरहेको हो ।
पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा विवादित भएपछि बुधबार पनि स्थगित भएको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप पूर्व स्थायी कमिटीको बैठक बसेको हरिबोल गजुरेलले जानकारी दिए ।
‘पदाधिकारी चयनका विषयमा प्रारम्भिक कुराकानी भइसकेको छ, त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आज पनि प्रयास जारी रहनेछ,’ गजुरेलले भने, ‘सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रीयय कमिटी बैठक समापान गर्न लागि परेका छौं ।’
आइतबारदेखि शुरु भएको बैठकको शुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकबाट रिपोर्टिङ भएको थियो ।
दोस्रो दिन केन्द्रीय सदस्यहरुले उक्त दुवै विषयमा प्रश्न राखेपछि मंगलबार बस्ने गरी स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका विषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन ।
बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ ।