arrow

प्रचण्डको नयाँ चाल, पदाधिकारी चयन गर्न नसकेपछि विशेष महाधिवेशनको नाममा पछाडि धकेल्ने योजना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
maoist-centre-2079-03-20.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

माओवादीको पहिचानमा समस्या परेको भन्दै अलग देखिनका लागि समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नुपर्ने प्रचण्डको तर्क छ । 

पार्टी नेता जनार्दन शर्माले नैतिकताको आधारमा अर्थमन्त्रीबाट राजीनामा दिएर पाँच दलीय गठबन्धन भत्काउने प्रयास असफल भएको टिप्पणी पनि गरेका उनले छन । बैठक जारी छ ।

स्रोतका अनुसार तत्काल पदाधिकारी चयन गर्न सम्भव नभएपछि त्यसलाई टार्नका लागि उनले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ