arrow

प्रहरी प्रवक्तामा डीआईजी राई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
tek prasad rai.jpg

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । 

उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा थिए ।

यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ