arrow

प्रहरीले थाल्यो सवारी साधनमा लेखिएका सायरी हटाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
sayari.jpg

काठमाडौं ।  ट्राफिक प्रहरीले  सवारी साधनमा लेखिएको अश्लील, साहित्यिक सायरी हटाउन थालेको छ । ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले  साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानून विपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाई लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको हो  । 

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो ।

नेपालको कानून विपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अश्लील लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्‍याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ