arrow

लालुप्रसाद यादव अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
lalu-yadav.jpg

काठमाडौं ।  चारा घोटाला काण्डका नाइके राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई दिल्लीको एम्स अस्पतालमा  भर्ना गरिएको छ । 

बिहारका पूर्व मुख्यमन्त्री पटनास्थित आफ्नो घरमा सिँढी चढ्ने क्रममा लडेका थिए । त्यसपछि उनलाई पटनाको अस्पताल पुर्‍याइए पनि सुधार नहुँदा एयर एम्बुलेन्सबाट पटनाबाट दिल्ली पुर्‍याइएको हो ।

लालुको पहिलै पनि एम्समा उपचार हुँदै आएको थियो । लालु यादवका छोरा तेजस्वी यादवले दिल्ली ल्याएर एम्सका डाक्टरहरूलाई लालुप्रसादको रोगको इतिहास नै थाहा भएको बताएका छन्  । लालुको शरीरमा तीन ठाउँमा भाँचिएको उनले बताए । 

 यादवलाई सघन चिकित्सकीय निगरानीमा राखिएको छ र उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ