- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता रणवीर कपूरकी आमा हुन् नीतू कपूर । नीतूले आझ आफ्नो ६४ औ जन्मदिन मनाउँदै छिन् । नीतू सिंह परिवारमा जन्मिएकी हुन् । उनले कपूर अानदानमा विवाह गर्नको लागि आफ्नो फिल्मी करियर छोडेकी थिइन् । ससुरा राज कपूर बुहारीले फिल्म खेलेको हेर्न चाहदैन थिए ।
ऋषि कपूर र नीतू सिंहको विवाह बलिउडको चर्चित विवाह मध्ये एक थियो। नीतू सिंहले आफ्नो एक दशक करियरमा धेरै नायकहरूसँग हिट फिल्महरू दिइन्। यद्यपि उनको जोडी सबैभन्दा बढी ऋषि कपूरसँग मन पराइयो ।
नीतू र ऋषि कपूरको प्रेम कहानी कुनै फिल्म कथाभन्दा कम छैन। दुवैको पहिलो भेट आरके स्टुडियोमा भएको थियो जहाँ फिल्म ''बबी'' को सुटिङ भइरहेको थियो। तर दुबैबिच फिल्म 'जहरीला इंसान' को सेटमा नजिकबाट परिचित भएका थिए।
नीतू सिंहले एक अन्तर्वार्तामा भनेकी थिइन्- 'मलाई उहाँसँगको पहिलो पटक भेट मन परेन। उहाँ कुराकुरमा डाटथे मलाई लाग्थ्यो उहाँ एकदम कठोर मानिस हुनुहुन्छ तर पछि हामी साथी भयौ।'
नीतूले भनेकी थिइन् एक दिन ऋषिले सोधे - किन धेरै फिल्महरू हस्ताक्षर गर्दैछौं, के विवाह गर्नु पर्दैन?' नीतूले सोधिन् कोसँग विवाह गर्ने ? ऋषिले सिधै भने मसँग । यसरी दुवैबिचको सम्बन्ध विवाहमा परिणत भयो ।
ऋषि कपूरले आफ्नो पुस्तक खुल्लम खुल्लामा बताएका छन् - नीतू सिंह अघि उनी पारसी केटी यास्मीन मेहतालाई प्रेम गर्थे। यास्मीनको बारेमा धेरै कुरा नभने पनि ऋषि नीतूलाई पहिलो भेटे हुँदा यास्मीनसँग डेटिङ गर्दै थिए । तर चलचित्र 'बबी'को सफलता पछि यास्मीनले ऋषि ''बबी'' फिल्मकी उनको को-स्टार डिम्पल कपाडियाको प्रेममा डुबेको सम्झिइन् । त्यसैले यास्मीन, गलत धारणाको शिकार भएपछि ऋषिको प्रेमलाई अस्वीकार गरिन्। ऋषि कपूरले उनलाई मनाउन कडा परिश्रम गरे तर उनी राजी भइनन् ।
'बबी' फिल्म सुपरहिट भएपछि ऋषि कपूरसँग धेरै चलचित्रहरूमा अभिनय गरे तर हिट भने भएनन् । यसको रिस ऋषिले नीतूमाथि निकाल्थे। उनले आफ्नो असफलताको लागि नीतू सिंहलाई दोष दिन थालेका थिए । तर नीतू सधैँ ऋषि कपूरकै पक्षमा रहन्थिन् ।
विवाह पछि नीतूले फिल्म करियरबाट बिदा लिइन् । सो समयमा उनको करियरको सुनौलो क्षण चलिरहेको थियो। त्यसपछि उनी परिवार र बच्चाहरू रिद्धिमा कपूर र रणवीर कपूरलाई हुर्काउनमा व्यस्त भइन्।
विवाह गरेको २९ वर्ष पछि नीतू २००९ मा ऋषि कपूरसँग फिल्म 'लव आज कल' मा सिनेमाको पर्दामा पुनः देखिएकी थिइन् । ऋषिको मृत्युपछि नीतू फिल्म जुग जुग जियो रिलिज भएको छ ।