arrow

आँधी र वर्षापछि अमरनाथमा १५ जनाको मृत्यु, ४० बेपत्ता, खोजी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
amarnath-cloud-burst.jpg

काठमाडौं । भारतकाे जम्मू कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । 

वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार साँझ साढे ५ बजे अकस्मात आँधी र वर्षा शुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पुर्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।
 
शनिबार बिहान ६ जनाको उद्दार गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । स्वास्थ्य टोली पनि पुगिसकेको छ । उद्दार गरिएकालाई हेलिकप्टरबाट अस्पतालमा लगिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ