arrow

टी–२० मा इङ्गल्याण्ड विरुद्धको श्रृंखला भारतलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
india-t20-england-2022-07-09.jpg

काठमाडौं । घरेलु टोली इङ्गल्याण्डलाई  लगातार दोस्रो टी–२० क्रिकेटमा पराजित गर्दै भारतले एक खेल अगाडि नै श्रृंखला जित्न सफल भएको छ । तीन खेलको श्रृंखलाको दोस्रो खेलमा शनिबार राति भारत ४९ रनले विजयी भयो । 

बर्मिङघममा भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा अलआउट हुँदै १२१ रनमा समेटियो । मोइन अलीले सर्वाधिक ३५ रन बनाए । प्लेयर अफ द म्याच भारतका भुवनेश्वर कुमारले १५ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुमराह र युजभेन्द्र चहलले २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनायो । रविन्द्र जेडेजाले २९ बलमा अविजित रहँदै ४६ रन  बनाए । कप्तान रोहित शर्माले ३१ तथा ऋषभ पन्तले २६ रन बनाए । फ्लप हिरो विराट कोहलीले १ रन बनाए । एउटा क्याच लिए ।

इङ्गल्याण्डका क्रिस जोर्डनले ४ विकेट लिए । 

यसअघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । यसअघिको पाँच खेलको टेष्ट क्रिकेट भने २–२ को बराबरीमा सकिएको थियो । 

खेल बेलुकी ७ः१५ बजे नटिङ्घममा हुनेछ । त्यसपछि तीन खेलको एक दिवसीय श्रृंखला हुनेछ । पहिलो खेल ओभलमा मंगलबारदेखि हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ