arrow

विश्वभर २७ खर्बको चलचित्र बजार : चीनको मात्रै एक तिहाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
china-market-movie.jpg

काठमाडौं । विश्वभर चलचित्रको व्यापार ठूलो रहेको छ । २०२१ को तथ्याङ्क अनुसार विश्वभर फिल्मको बजार २१.४ बिलियन डलर अर्थात् करिब २७ खर्ब नेपाली रुपैयाँ बढीको छ ।

यो आँकडा कोरोना पछिको हो । कोरोना अघि २०१९ सम्ममा ५३ खर्ब बढी पुगेको थियो ।

विश्वको पहिलो फिल्म सन् १८८८ मा बेलायतमा मात्र २.११ सेकेन्डमा बनेको राउन्डहे गार्डन सीन हो । फिल्म  फ्रान्सका वैज्ञानिक लुइस ले प्रिन्सले बनाएका थिए ।

२.११ सेकेन्डको सो चलचित्रबाट शुरु भएको चलचित्रको यात्रा अहिले (विश्वभर) वार्षिक ५ लाख चलचित्रमा पुगेको छ ।

चलचित्र उद्योगको सबैभन्दा ठूलो बजार चीन हो । जसले ९० हजार करोडको व्यापार गरिरहेको छ । चीनले २०२१ मा ७.३ बिलियन अमेरिकी डलर अर्थात् ९ खरब नेपाल रुपैयाँ बढीको व्यापार गरेको छ । 

चीनपछि चलचित्र व्यापारको दोस्रो ठूलो राष्ट्र अमेरिका हो । अमेरिकाले २०२१ मा सम्मा फिल्मबाट ४.५ बिलियन कमाइ गरेको थियो । जुन ५ खर्ब ७० अर्ब नेपाली रुपैयाँ हुन आउँछ । 

अर्को तेस्रो ठूलो मार्केट जापानको हो । जापानले २०२१ मा १.५ बिलियनको कारोबार गरेको थियो । १ खर्ब ९० अर्ब रुपैयाँ हुन्छ । 

इंग्ल्यण्ड र आयरल्यण्डले २०२१ मा ०.८ बिलियन डलरको कमाइ गरेको थियो । १ खर्ब नेपाली रुपैयाँको बराबरको व्यापार रहेको छ  ।  फ्रान्सले पनि २०२१ मा ०.८ विलयन डलरको कमाइ गरेको थियो । 

रुसले २०२१ मा ०.६ बिलियन डलरको कारोबार गरेको थियो । जुन ७६ अरब नेपाली रुपैयाँ हुन्छ ।  

दक्षिण कोरियाले २०२१ मा ०.५ बिलियन डलरको कमाइ गरेको थियो । भारतले पनि २०२१ मा ०.५ बिलियन डलरको कमाइ गरेको थियो । जुन ६३ अर्ब नेपाली रुपैयाँको बजार हो ।  अस्ट्रेलियाले पनि २०२१ मा ०.५ विलयन डलरको कमाइ गरेको थियो ।

जर्मनीले २०२१ मा ०.४ बिलियन डलरको कमाइ गरेको थियो । जर्मनीको चलचित्र बजार ५० अरब नेपाली रुपैयाँ माथिको छ । 



नयाँ