arrow

आठ जना मृत फेला, को कहाँका ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
nepal-map-limpiyadhura-lipu.gif

काठमाडौं । देशका विभिन्न स्थानमा ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । ओखलढुंगा, झापा, सर्लाही, कपिलवस्तु, धनुषा, खोटाङ, रुपन्देही र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

ओखलढुंगाको मोलुङ गाउँपालिका–१ करङपाखा भन्ने स्थानको मोलुङखोला र लिपेखोलाको दोभानमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय प्रेम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको कमल गाउँपालिका–७ भट्टाराई चोक छेउमा रहेको खाली जग्गामा दमक नगरपालिका–७ बस्ने ३० वर्षीय तुलाराम दाहाल शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सर्लाहीको कबिलासी नगरपालिका–९ सलेमपुरस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीय इन्द्रजित ठाकुर शनिबार मृत अवस्थामा फेला परेका छन् । 

कपिलवस्तुको महाराजगंज नगरपालिका–१० मुजाहनास्थित खेतमा सोही ठाउँ बस्ने ३८ वर्षीय धन्नु धोबी शनिबार मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको धनुषाधाम नगरपालिका–३ सोनापुरस्थित जग्गामा सबैला नगरपालिका–७ लपटोली बस्ने ६० वर्षीय देवलाल यादव शनिबार मृत अवस्थामा फेला परेका छन् । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित शंखु जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीस्थित तिनाउ नदी किनारामा हाल पहिचान नखुलेकी अन्दाजी २२ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

कैलालीको महोन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ