arrow

एस पार्टी आगामी निर्वाचनमा निर्णायक : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
madhav kumar-nepal0.jpg

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टी निर्णायक भएको बताएका छन् । 

आज कैलालीको धनगढीमा आयोजित एकीकृत समाजवादी पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकमा उनले आफ्नो पार्टी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय पार्टीका रूपमा स्थािपत भइसकेकाले निर्णायक शक्तिका रूपमा रहेको बताए । 

अध्यक्षले नेपालले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा समाजवादीलाई घात भएको उल्लेख गर्दै सबैभन्दा बढी लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई भएको बताए ।

उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको भर पर्नुभन्दा एक्लै शक्ति आर्जन गरेर निर्वाचनमा होमिन तयार हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले सङ्गठनका बलमा नै निर्वाचन जितिने भएकाले सङ्गठन निर्माणमा सबै तहका कार्यकर्ता जिम्मेवार भएर लाग्नुपर्ने निर्देशन दिए। आगामी सङ्घ र प्रदेशको निर्वाचनमा आवश्यकताअनुसार तालमेल हुन सक्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ