arrow

सूर्यकुमारको शतकले पनि जितेन भारत, कोहलीको फ्लपयात्रा जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
india-win-t20-2022-england.jpg

काठमाडौं । इङ्गल्याण्डले भारत विरुद्धको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा जित  हासिल गरेको छ । नटिङ्घममा आइतबार राति भएको अन्तिम खेलमा घरेलु टोली १७ रनले विजयी भएको हो । 

यो नतिजासँगै भारतले तीन खेलको श्रृंखलामा २–१ को जितसहित उपाधि जितेको छ । इङ्गल्याण्डले दिएको २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९ विकेट गुमाएर १ सय ९८ रन जोड्न सक्यो ।

भारतका लागि सूर्यकुमार यादवले करियरकै अविश्मरणीय शतक बनाए पनि टिमलाई जिताउन सकेनन् । उनले १ सय १७ रनको शतकीय इनिङ्स खेले । 

उनले मात्र ५५ बलको सामना गरेका थिए । उनले ६ छक्का र १४ चौका हानेका थिए । उनीसँग साझेदार गर्नेको कमी भएकै कारणले भारत हार्न पुग्यो । 

श्रेयस एयरले २८ रन जोड्दा कप्तान रोहित शर्मा र विराट कोहलीले ११–११ रन बनाए । यो खेलमा त कोहलीले आफ्नो कमाल देखाउलान् भन्ने अपेक्षा थियो । तर उनले ६ बलमात्र खेल्न सके । 

अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गर्न सकेनन् । रिसी टोप्लेले ३ तथा डेविड विली र क्रिस जोर्डनले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो । डेभिड मालनले ३९ बलमा ७७ रन बनाए । लियाम लिभिङस्टोनले २९ बलमा अविजित रहँदै ४२ रन बनाए ।

जासन रोयले २७ रन जोड्दा ह्यारी ब्रुकले १९ रन बनाए । हर्सल पटेल र रवी विश्नोईले २–२ विकेट लिए ।

भारतले इङ्गल्याण्ड भ्रमणका क्रममा पाँचौं टेष्ट, टी–२० खेलिसकेको छ । टेष्टमा २–२ को बराबरी भएको छ । 

तीन खेलको एक दिवसीय भने भोलिदेखि शुरु हुँदैछ । पहिलो खेल द ओभलमा साँझ ५ः४५ बजेदेखि शुरु हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ