- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेत्री करीना कपूरले आफ्नो छोरा तैमुर अली खानलाई बोर्डिङ स्कूल पठाएकी छन् । इङ्गल्याण्डको विन्चेस्टरको एक स्कूलमा तैमुरको पढाइ हुनेछ । तैमूर इङ्गल्याण्डमा बुबा सैफ अली खान र क्रिश्चियन गुरु गडफादरसँग देखिएका छन् ।
करीनाले हालै सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गरेकी छिन्, जसमा उनका श्रीमान् सैफ र छोरा तैमुर देखिएका छन् । तस्बिर सेयर गर्दै करिनाले लेखेकी छिन्, 'फादर... गडफादर... सन... विन्चेस्टर २०२२।'
सैफ र करिनाका छोरा तैमुरको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरू निकै चासोका साथ हेर्ने गरिन्छ । करीनाले तैमूरको सुसारेलाई डेढ लाख रुपैयाँ मासिक तलब दिने गरेको भनेर एक समय चर्चामा थियो ।
सुसारेलाई एक कार पनि दिइएको। यदि सैफ र करिना विदेश भ्रमणमा जाँदा सुसारे पनि तैमूरसँगै जाने गरेकी थिइन्। तिनै सुसारलाई अब तैमुरसँगै इङ्गल्याण्डमा राखिनेछ ।
करिना आमिर खानसँग फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिँदै छिन् ।अद्वैत चन्दनले निर्देशित फिल्म ११ अगस्त २०२२ मा सिनेमा घरहरूमा रिलिज हुँदै छ।