arrow

माधव नेपालको स्पष्ट भनाइ – चुनावअघि कसैसँग पार्टी एकता हुँदैन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
madhav-kumar-nepal-ncp-united.jpg

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनावअघि कुनै पार्टीसँग एकता नहुने बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा चर्चा चलिरहेको बेला पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले सो निर्वाचनअघि पार्टी एकता सम्भवः नभएको बताएका हुन् ।

‘चुनावअघि हाम्रो कुनै पार्टीसँग एकता हुँदैन, कसैले सपना देख्छ भने त्यो सपना मात्रै हो,’ नेपालले भने, ‘निर्वाचनमा एकीकृत समाजवादी एक्लै होमिन्छ ।’ नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाइ छ।  

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले नेपालमा आएर कम्युनिष्ट पार्टीहरुबीच एकताको सन्देश दिइरहँदा माधव नेपालले भने चुनावअघि कसैसँग एकता नहुने स्पष्ट पारेका हुन् । 

आइतबार काठमाडौं आइपुगेका लिउ चार दिनसम्म नेपालमै रहने छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्दै छन् ।

तर माधव नेपालसँग भने उनले भेट गर्ने छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ