arrow

काश्मीरमा आतङ्की घुसपैठको प्रयास असफल

logo
एजेन्सी,
प्रकाशित २०७९ असार २७ सोमबार
jammu-kashmir-police.PNG

श्रीनगर। काश्मीरको कुपवाडा जिल्लाको तंगधार सेक्टरमा सेनाले घुसपैठको प्रयासलाई विफल बनाउँदै अज्ञात आतङ्कीलाई मारेको छ। यद्यपि, यस अवधिमा सेनाको जवान पनि शहीद भएको छ। त्यस क्षेत्रमा अन्य आतङ्कीहरूको उपस्थितिको आशंकाको कारण खोजी अभियान चलाइएको छ।

एक अधिकारीले जनाएअनुसार मारिएको आतङ्कीदेखि एके-४७, ४ पिस्तौल, ३ एके-४७ म्यागजीन, ३ पिस्टल म्यागजीन, ५ हथगोला र गोला-बारुद उद्धार गरिएको छ। घुसपैठको प्रयास विफल बनाएको समय सेनाको ६-जेएके राइफलको वजान जसवीर सिंह गोली लागेको कारण गम्भीर रूपमा घाइते भए। जवानलाई गम्भीर अवस्थामा अस्पताल पुऱ्याइयो, जहाँ उनको मृत्यु भयो।

तंगधार सेक्टरमा नियन्त्रण रेखामा तैनात सेनाका जवानहरूले केही सन्दिग्ध हलचल देखेपछि जवानहरूले संदिग्धहरूलाई पहिले चेतावनी दिएका थिए तर हतियार बोकेका आतङ्की नियन्त्रण रेखातिर बढिरहे। आतङ्कीहरू भारतीय नियन्त्रण रेखा नजिक पुगेपछि सेनाका जवानहरूले गोलाबारी सुरु गरे। अर्कोतिरबाट आतङ्कहरूले पनि गोलाबारी गरे। गोलीवारिमा एक आतङ्की मारियो एक आतङ्कीको मृत्युपछि अन्य आतङ्की पाकिस्तानी सीमातिर फर्के।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ