- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली ।१६ जनाको मृत्यु हुनेगरि भएको दुर्घटनापछि अवरूद्ध अमरनाथ यात्रा सोमबारदेखि आंशिक रूपमा शुरू गरिएको छ ।
शुक्रबार साँझ करिब ५:३० बजे अमरनाथ गुफामुनि जमेको पानी एक्कासि निस्किँदा १६ जनाको मृत्यु भएको थियो । अझै पनि ४० जना बेपत्ता रहेको बताइएको छ ।
त्यहाँबाट ३४ घाइतेलाई बाहिर निकालिएको थियो । घटनास्थलमा एनडिआरएफ, एसडिआरएफ र उद्धार कार्यसँग सम्बन्धित सबै एजेन्सीहरू अझै पनि राहत र उद्धार कार्यमा जुटेका छन् ।
बालटाल आधार शिविरमा यात्रा शुरु हुने प्रतीक्षामा रहेका ती तीर्थयात्रीहरू यात्रा शुरु भएसँगै खुसी भएका छन् । यसपहिले तीर्थयात्रीलाई गन्तब्यमा जाने व्यवस्था मिलाउन बालटाल र नुनवान दुवैतर्फबाट हेलिकप्टर उपलब्ध गराइएको थियो ।
भारत–तिब्बत सिमाका प्रहरी जनसम्पर्क अधिकृत विवेक कुमार पाण्डेले सोमबार बिहानदेखि बालटाल आधार शिविरमा रहेका तीर्थयात्रीहरूलाई अमरनाथ दर्शनका लागि अनुमति दिइएको थियो ।
करिब ११:३० सम्ममा बालटाल मार्ग हुँदै करिब सात हजार भक्तजनहरू अमरनाथ गुफा नजिक पुगिसकेका उहाँले बताए।