arrow

आउँदो चुनावमा बाइडेन नभएर अरू कोही राष्ट्रपति चाहन्छन् डेमोक्रेटहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
joe-biden-new.jpg

काठमाडौं । एक सर्वेक्षणमा सहभागी २६ प्रतिशत डेमोक्रेटहरुले मात्रै आउँदो राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गरेका छन् ।

सोमबार सार्वजनिक न्यूयोर्क टाइम्स सिएना कलेज पोल (पीडीएफ)ले राष्ट्रपतिको समग्र अनुमोदन रेटिङ ३३ प्रतिशत देखाएको छ।

ओहायोको द युनिभर्सिटी अफ एक्रोनका राजनीतिक विज्ञानका प्राध्यापक डेभिड कोहेनले बाइडेनका लागि यो सङ्ख्या 'धेरै डरलाग्दो' देखिएको बताएका छन् ।

धेरै डेमोक्रेट अधिकारीहरूले २०२४ मा बाइडेनलाई फेरि राष्ट्रपतिको उम्मेदवारका रूपमा नचाहेको विभिन्न अमेरिकी सञ्चार माध्यमले लेखिरहेका बेला यस्तो सर्वेक्षण आएको हो ।

सत्तामा रहेको पार्टीले सत्तामै रहने फाइदाको लागि अमेरिकी राष्ट्रपतिहरूले सायदै अर्को प्रतिस्पर्धीको सामना गर्नुपर्ने हुन्छ ।

तर बढ्दो मुद्रास्फीति, विश्वव्यापी सङ्कट र संवैधानिक रूपमा संरक्षित गर्भपतन अधिकारलाई उल्टाउने अमेरिकी सर्वोच्च अदालतको भर्खरको निर्णयको बीच सर्वेक्षणले ६४ प्रतिशत डेमोक्र्याटले पार्टीले २०२४ मा फरक उम्मेदवार मनोनयन गर्नुपर्ने मत राखेको देखाएको छ ।

तीमध्ये ३३ प्रतिशतले राष्ट्रपतिको उमेरलाई मुख्य कारण मानेका छन् । ७९ वर्षको उमेरमा बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा जेठो राष्ट्रपति भइसकेका छन् ।

यदि फेरि निर्वाचित भएमा उनी २०२५ को जनवरीमा दोस्रो पटक राष्ट्रपति हुँदा ८२ वर्षका हुनेछन् ।

यस्तै उत्तरदातामध्ये ३२ प्रतिशतले राष्ट्रपतिको कार्यसम्पादनको कारणले उनलाई फेरि मनोनीत गर्न नचाहेको बताएका छन् ।

यो सर्वेक्षण ८४९ अमेरिकी दर्ता भएका भोटरहरूमाथि गरिएको थियो । केवल ४ प्रतिशत सर्वेक्षण मात्रै त्रुटि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ