arrow

भारतले महाकालीमा लगाएको अस्थायी बाँध हटाउँदै

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७९ असार २८ मंगलबार
mahakali-badh.jpg

दार्चुला । भारतले महाकाली नदीमा लगाएको अस्थायी बाँध हटाउने भएको छ । गत अप्रिलमा भारतले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका क्रममा नदीको बहाव फर्काउन अस्थायी बाँध (तारजालीसहितको पर्खाल) लगाएको थियो । 

तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको तथा नदीमा पानीको बहाव बढ्दै गएकाले अस्थायी बाँध हटाउन भारतको पिथौरागढ जिल्लाका डीएम आशिस चौहानले ठेकेदारलाई निर्देशन दिएका हुन् । उक्त अस्थायी बाँध साँझसम्म हटाइ सक्ने बताइएको छ । 

आइतबार उक्त बाँध हटाउनेबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र भारत पिथौरागढ जिल्लाका एसडीएम नन्दन कुमारबीच छलफलसमेत भएको थियो । 

भारतले एकतर्फी रुपमा नदीको बहाव नेपालतर्फ फर्काउन बाँध बाँधेको भन्दै खलंगा, बांगाबगडका स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई ज्ञापन बुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ