- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । भारतले महाकाली नदीमा लगाएको अस्थायी तटबन्ध हटाएको छ । गत अप्रिलमा भारतले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणका क्रममा नदीको बहाव फर्काउन अस्थायी तटबन्ध (तारजाली सहितको पर्खाल) लगाएको थियो ।
तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको तथा नदीमा पानीको बहाव बढ्दै गएकाले अस्थायी तटबन्ध हटाउन भारतको पिथौरागढ जिल्लाका डीएम आशिष चौहानले ठेकेदारलाई निर्देशन दिएपछि हटाइएको बताइएको छ ।
दार्चुला सदरमुकामस्थितको महाकाली नगरपालिका–४ बंगाबगड पारी निर्माण गरिएको उक्त अस्थायी तटबन्ध मंगलबार साँझ हटाइएको हो । आइतबार उक्त तटबन्ध हटाउनेबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र भारत पिथौरागढ जिल्लाका एसडीएम नन्दन कुमारबीच छलफलसमेत भएको थियो ।
भारतले एकतर्फी रुपमा नदीको बहाव नेपालतर्फ फर्काउन तटबन्ध निर्माण गरेको भन्दै खलंगा, बांगाबगरका स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई ज्ञापन बुझाएका थिए ।