arrow

अर्थमन्त्री प्रकरण : छानबिन समितिले माग्यो सीसीटीभी फुटेज 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
janardan-budget.PNG

काठमाडौं ।  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले अर्थ मन्त्रालयलाई सीसीटीभी फुटेज उपलब्ध गराउन निर्देशन दिएको छ ।

मङ्गलवार बसेको  छानबिन समितिको बैठकले बिहीबार भित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने काम गरेको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए । 
 

 



नयाँ