- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । चलचित्र 'देवदास' रिलिज भएको २० वर्ष पुगेको छ । बलिउड निर्देशक सञ्जय लीला भन्सालीको सुपरहिट चलचित्र 'देवदास' १२ जुलाई २००२ मा रिलिज भएको थियो । चलचित्रमा ऐश्वर्या राय, माधुरी दीक्षित र जैकी श्राफ मुख्य भूमिकामा रहेका छन् ।
चलचित्र सुटिङको क्रममा कयौँ यस्ता घटना रहेका छन् जुन धेरै मानिसहरूलाई थाहा नहुन सक्छ । चलचित्रमा अभिनय गर्न पहिले सलमान खानलाई अफर गरिएको थियो । तर उनले चलचित्रमा अभिनय गर्न अस्वीकार गरेका थिए ।
चलचित्र सलमानले रिजेक्ट गरेपछि भन्सालीले शाहरुखलाई रोलको लागि अफर गरे र चलचित्र 'देवदास' बन्यो । चलचित्रमा एक महत्त्वपूर्ण भूमिका चुन्नीलालको रहेको छ जसको भूमिकामा जैकी श्राफ देखिए । तर सो भूमिकाको लागि पहिले गोविन्दालाई अफर गरिएको थियो। साथै सैफ अली खान र मनोज बाजपयीलाई पनि सो भूमिकाको लागि अफर गरिएको थियो ।
शाहरुख खानले सिल्वर स्क्रीनमा आफ्नो भूमिकालाई यथार्थपरक देखाउन विशेष ध्यान दिएका थिए।उनले कयौँ सीन्सलाई महसुस गराउन रक्सी पिएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले सुटिङ भन्दा पहिले केही प्याक लिने गरेका थिए । शाहरुख सामान्यता रक्सी पिउँदैनन् ।
'देवदास' को सङ्गीत इस्माइल दरबारले बनाएको हो। सङ्गीत तयार गर्न दरबारलाई अढाई वर्ष लागेको थियो । चलचित्रका प्रत्येक गीतलाई मिक्स गर्न ८ देखि ९ टेक लिनु परेको थियो । गह्रौ झुमका कारण चलचित्रको गीत 'डोला रे डोला' को सुटिङको क्रममा ऐश्वर्याको कानबाट खुन बगेको थियो तर ऐश्वर्याले यसको पर्बाह नगरी गीत पुरा गरेकी थिइन् । रिपोर्टका अनुसार गीत लेख्न पुरै हप्ता दिन लागेको थियो ।
सामान्यतया चलचित्र सुटिङको लागि २ देखि ३ बटा जनरेटरको आवश्यकता पर्छ तर 'देवदास' को लागि ४२ बटा जनरेटरको प्रयोग गरिएको थियो । चलचित्रमा यति धेरै सङ्ख्यामा जनरेटर लगेपछि मुम्बईमा भएका विवाहलाई समस्या भएको थियो । चलचित्रमा २५०० हजार लाइट र ७०० लाइटमेनका साथै अनगिनत जूनियर आर्टिस्ट्सले काम पाएका थिए ।
चलचित्रमा माधुरी दीक्षितले लगाएको कपडाकै मूल्य १५ देखि २० लाख परेको थियो। सुटिङको क्रममा माधुरी दीक्षित प्रेग्नेन्ट भएको समेत अफवाह फैलाइएको थियो।