arrow

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले दोस्रो दिन संयोजक तोक्दै, १० दिनभित्र बुझाउला प्रतिवेदन ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
janardan-sharma-parliament.jpg

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आारोपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक शुरु भएको छ ।

गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी छिन् ।

बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायर हेरफेर गरेको भन्दै संसदमा आवाज उठेपछि शर्माले गत २२ असारमा राजीनमा दिएका थिए । उक्त विषयमा छानबिन गर्नका लागि प्रतिनिधिसभा बैठकले ११ सदस्सीय छानबिन समिति बनाएर काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार समिति गठन भएको झन्डै एक सातापछि समितिको बैठक बस्न लागेको हो । गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्सीय रहेका छन । जसअनुसार  खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुषाल, बिमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ