arrow

प्रदेश सभाबाट राजीनामा दिएका कर्ण मल्ल पदमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
karna-malla.PNG

काठमाडौं । नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य बनेका कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । 

बुधवारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले मल्लले पदबाट राजीनामा दिएकोले नेपालको संविधान र सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम उक्त प्रदेशसभा सदस्य रिक्त रहेको ब्यहोरा सदनलाई सुनाएका थिए । 

डडेलधुरा जिल्ला प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेस पार्टीले कारबाही गरेको अवस्थामा नैतिकताका आधारमा प्रदेशसभा सदस्य पदमा बसिरहन नमिल्ने भनी  राजीनामा स्वीकृत गराउने व्यवस्था गरिदिन सभामुखसमक्ष यही असार १३ गते राजीनामा पत्र पेस गरेका थिए । 

कांग्रेसले पार्टी विधान विपरीत फर्जी क्रियाशील सदस्यता बाँडेर डडेलधुराको जिल्ला अधिवेशन गरेको भन्दै मल्ल पक्षले बहिष्कार गरेको थियो ।  पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा आफूहरूलाई पेलेको भन्दै मल्ल समूह रुष्ट बनेका थिए । देउवाले नेपाली कांग्रेसले पार्टीको साधारण सदस्य समेत नरहने गरि उनलाई कारबाही गरेका थिए।

विसं २०७४ मा सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसको तर्फबाट मल्लसहित चार जना निर्वाचित भएका थिए । मल्लको राजीनामासँगै प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कांग्रेसका प्रदेशसभामा अब ११ सदस्य छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ