arrow
ADVERTISEMENT

भारतलाई इस्लामिक राष्ट्र बनाउने षड्यन्त्र बुन्ने आतङ्ककारीहरू पक्राउ

logo
एजेन्सी,
प्रकाशित २०७९ असार ३१ शुक्रबार
bihar-police-inida.jpg

पटना । भारतस्थित बिहारको राजधानी पटनामा आतङ्कहरूको ठूलो षडयन्त्रको खुलासा भएको छ। पुलिसले तीन सन्दिग्ध आतङ्कहरूलाई पक्राउ गरेको छ। उनीहरू भारतलाई २०४७ सालसम्म इस्लामी राष्ट्र बनाउने योजनामाथि काम गरिरहेको बताइएको छ। 

जानकारीका अनुसार, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको एक दिन पहिला पुलिसले दुई सन्दिग्ध आतङ्की अतहर परवेज र मोहम्मद जलालुद्दीनलाई पक्राउ गरेको छ। उनीहरूले पुलिसलाई बताए अनुसार, यस अभियानमा २६ जना  सामेल छन् भने उनीहरूको पटनामा ट्रेनिङ चलिरहेको थियो। सबै पीएफआई र सोशियल डेमोक्रेटिक पार्टी अफ् इण्डियासित सम्बन्धित छन्।

पक्रा पर्ने दुई सन्दिग्ध आतङ्कहरूको सूचनामा आधारमा फूलबारी शरीफ निवासी अरमान मलिकलाई पनि पक्राउ गरिएको छ। यस मामिलामा यो तेस्रो ठूलो पक्राउ हो। अरमान पनि पीएफआईको बैठकमा सामेल हुने गर्थे। पुलिसले पक्राउ पर्ने तीनैजनासॅंग सोधपुछ गरिरहेको छ। कूल 26 जनामाथि मामिला दर्ता गरिएको छ। उनीहरूबाट इण्डिया २०४७ नामको दस्ताबेज पनि पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ