arrow

सर्वोच्चले आईजीपी नियुक्ति गर्‍यो सदर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
supreme-court-long.jpg

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले सिंहलाई गरिएको नियुक्त कानूनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज हुने फैसला गरेको हो । पोखरेलले आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै मुद्दा दायर गरेका थिए । 

मुद्दा दायर गरेपछि उनी काममा फकिएका छैनन् । उनको रिट खारेज भएपछि उनले राजीनामा दिने सम्भावना रहेको छ । पोखरेलको कार्यकाल एक महिनामात्र बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ