arrow

टी–२० विश्वकपमा छानिए नेदरल्यान्ड्स र जिम्बावे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
t20-world-cup-australia.jpg

काठमाडौं । आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टिमको टुंगो लागेको छ । नेदरल्यान्ड्स र जिम्बावे विश्वकपमा छानिएसँगै विश्वकप खेल्ने सबै टिमको टुंगो लागेको हो । 

जिम्बावेमा जारी विश्वकपको ग्लोबल छनोट बीको फाइनलमा पुग्दै नेदरल्यान्ड्स र आयोजक जिम्बावे विश्वकपमा छनोट भएको हो । शुक्रबार भएको पहिलो सेमिफाइनलमा जिम्बावेले पपुवा न्यूगिनी (पीएनजी) लाई २७ रनले हराएर फाइनलमा स्थान बनाएको हो ।

यस्तै दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्सले अमेरिकालाई ७ विकेटले हरायो । नेदरल्यान्ड्स र जिम्बावे विश्वकपमा छनोट भएसँगै अष्ट्रेलियामा आयोजना हुने विश्वकप खेलमा १६ टोलीको टुंगो लागेको हो ।

विश्वकप आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका ७ शहरमा आयोजना हुँदैछ । 

सुपर १२ मा शीर्ष आठमा रहेका टिमहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, पाकिस्तान, इङ्गल्याण्ड, दक्षिण अफ्रिका, भारत, अफगानिस्तान र बंगलादेश छानिइसकेका छन् । 

अब चार टिम पहिलो चरणबाट छानिने छन् । पहिले राउन्ड एकको खेल भएपछिमात्र सुृपर १२ हुनेछ । राउन्ड एकमा नेदरल्यान्ड्स र जिम्बावेसँगै वेष्ट इन्डिज, श्रीलंका, स्कटल्याण्ड, नामिबिया, आयरल्याण्ड र युनाइटेड अरब इमिरेट्स यूएई छानिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ