arrow

विद्युत प्राधिकरणका कर्मचारीद्धारा पत्रकार आचार्यमाथि निर्घात कुटपिट

logo
रासस
प्रकाशित २०७९ असार ३२ शनिबार
bidhut office chitwan.jpg

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गरेका छन् ।

कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो ।

सोक्रममा आचार्यको शरीरमा घाउ चोट लागेको छ भने कपडा च्यातिएको छ । कुटपिट भएपछि उनले भागेर ज्यान जोगएका थिए । उनको साथमा रहेका दुई मोबाइल विद्युतका कर्मचारीले खोसेर राखेका छन् । जिल्ला प्रहरी कार्यालयले एक जनालाई शुक्रबार राति पक्राउ गरेको छ । 

प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए । 

आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुन् । उनी प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुन् । घटनाको नेपाल पत्रकार महासङ्घ चितवनसहित पत्रकारसँग सम्बन्धित सङ्घ संस्थाले निन्दा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ