arrow

साउनको पहिलो साता यस्तो छ तपाईँको राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक राशिफल :
मेष : यो साता शुभ कार्यको चर्चा खूब चल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । साताको उत्तरार्ध सुखद रहनेछ । निर्णयमा अडिक रहनुहोला । वैदेशिक कार्यमा सुख मिल्नेछ । यो साताको चार दिनको अवधिमा तपाईँले राम्रै उपलब्धि हात पार्नु हुनेछ । सामाजिक प्रतिष्ठा मिल्ने छ । स्वास्थ्यमा भने सामान्य समस्या आउने र खर्च बढी भए पनि मन प्रफुल्लित हुनेछ । पढाई लेखाइमा पनि रुची बढ्नेछ । शुक्रवार र शनिवार व्यापार व्यवसायमा घाटा देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहने देखिन्छ । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ । दाम्पत्य जीवन पनि सुखमय रहनेछ । ठुलाबडाको सङ्गतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाईँका पक्षमा आउने योग देखिन्छ । तपाईँलाई यो हप्ता स्वास्थ्यमा अवश्य सुधार आउनेछ । आम्दानीका नयाँ उपाय भेटिने, जे काम गर्न खोज्नु भएको छ यो हप्ता सफल हुनेछन् । पूर्व, पूर्व दक्षिणतर्फका काममा ज्यादा सफलता पाउनुहुनेछ । सोम, मङ्गल, बिहीबार विशेष खराब छन् जे काम गर्नु छ आज आइतबार, बुधबार र शुक्रवार पारेर शुरु गर्नुहोला । यो हप्ता शैक्षिक क्षेत्रमा गरेको लगानीले उच्च लाभ मिल्नेछ । मेष राशि भएका व्यक्तिहरूका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मङ्गल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मङ्गलवार पूजा तथा आराधना गरी गणेश भगवान्लाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

वृष : यो साता जोखिमपूर्ण चुनौतीको सामना गर्नुपर्ने योग छ । बोलीमा ध्यान दिनुहोला । साताको पहिलो दिन तपाईँको राम्रो देखिँदैन । राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा चञ्चलता । अचल सम्पत्तिको कारोबार गर्दा शुभ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, त्यसपछि अध्ययनमा पनि सुधार आउनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । सोमबार र मङ्गलवार तपाईँका लागि मध्यम देखिन्छ । ईष्या गर्नेहरूलाई पुरुषार्थ काम गरेर देखाउन सकिनेछ । अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । बुधबार र बिहीबार सबैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रवार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरूको कुरामा चाँडो विश्वास नगर्दा राम्रो हुनेछ । तपाईँको मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था यो हप्ता पनि रहनेछ । आज आइतबार र भोलि सोमबार जस्तोसुकै अवस्थामा पनि मुद्दा मामिलामा नजानु होला । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । भोलि शुक्रवार र आगामी बुधवारको समय शुभ रहनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मङ्गलवार गणेशजी, शनिवार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अर्घ्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रह बाधा कम हुनेछ ।

मिथुन : पारिवारिक कलहको सम्भावना छ, तपाईँ शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । यो साता तपाईँका लागि औसत रहनेछ । चुनौतीको सामना गर्दा प्रतिफल हात लाग्ला । आजको दिन शुभ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईँका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । नयाँ काममा लगानी गर्दा अभिभावकको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना पनि देखिन्छ । आइतबार र सोमबार रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्न सक्नेछ । त्यसपछिका दुई दिन पुनः तपाईँको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थ्यमा सामान्य गडबडी आउने र अनावश्यक खर्च बढ्नेछ । झैझगडा तथा विवाद निम्तिन सक्नेछ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मङ्गल र बुधबार राम्रो देखिँदैन । बिहीबार र शुक्रवार फेरि राम्रो भए पनि शनिवार शुभ छैन । यस्तै, सोमबार पानीमा डुब्ने डर रहेको छ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ठ मित्र पनि नगर्ने, कसैसँग वादविवाद र दुस्मनी काम नगरे मात्र ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ । आइतबारदेखि समय सुध्रिएर आउने देखिएको छ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । तपाईँले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रह पीडा कम हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्र जप गर्नुहोला ।


कर्कट : यो साता तपाईँका लागि त्यति राम्रो देखिँदैन । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाट टाढा रहनुहोला । मनमा चिन्ता, यात्रामा बाधा, अड्चन आउने, महत्त्वपूर्ण अवसर गुम्न सम्भावना देखिन्छ । आफ्नैबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । पहेँलो रङलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ । इष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ । अदालती निर्णयहरू तपाईँकै पक्षमा आउने देखिँदैन । शत्रु पक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्नेछ । अन्य दिनको तुलनामा बुधबार र बिहीबार भने तपाईँका लागि समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरू आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईँका लागि राम्रो देखिँदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ने, व्यापार व्यवसायमा तपाईँले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिनेछ, अरूको बोलीमा विश्वास नगर्नुहोला । झुटा आरोप आइलाग्न सक्छन् । सवारी चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ, सचेत रहनुहोला । यस्तै, एक्कासि आम्दानी बढ्ने काम भेटिने छ । जे पेशामा संलग्न हुनुहुन्छ आम्दानी राम्रै रहनेछ । जल खेती किन्न मन भए सोमबार पारेर किन्नु होला । पुराना इष्टमित्र, मान्य व्यक्तिसँगको भेट उपलब्धिमूलक नै रहनेछ । यो हप्ता जे–जे काममा हात हाल्नु हुन्छ, परिणाम राम्रै पाइनेछ । तर मङ्गलवार र बुधवारको समय खराब भएकाले टाढाको यात्रा नगर्नुहोला । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामी राशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । तपाईँले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधबार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाईँको भाग्यमा वृद्धि हुने र मनोकाङ्क्षा पनि पूरा हुनेछ ।

सिंह : यो साता प्रेम सम्बन्ध कसिलो हुने, आँटेका काममा सफलता मिल्नेछ । बोलीमा प्रभाव, अध्ययन अध्यापनमा पनि रुची बढ्ने छ । धार्मिक कुरामा बढी रुची रहनेछ । साताको शुरुदेखि बुधवार सम्म तपाईँले नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यबाट सफलता मिल्नेछ । छोटो दूरीको यात्राको योग छ । साहित्य तथा सङ्गीत क्षेत्रमा रुची, अध्यात्म तथा धार्मिक क्षेत्रमा चासो बढी देखिनेछ । प्रेम सम्बन्धमा भने विभिन्न शङ्का उपशङ्का उब्जिनेछन्, सचेत बन्नुहोला । बिहीबार र शुक्रवार दुई दिन तपाईँका लागि त्यति राम्रो समय देखिँदैन । काममा व्यवधान आउँदा, मनामा शङ्का उब्जिनेछन् । स्वास्थ्यमा सामान्य गडबडी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाईँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्त्वपूर्ण कार्यहरू सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । तपाईँका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाईँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलाबी र हल्का रातो, स्वामी राशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्न र वृहस्पति ग्रहको दोष शान्त पार्न शिव भगवानको पूजा गर्नुहोला ।

कन्या : यो सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । साताको अन्त्य तपाईँका लागि राम्रो देखिँदैन । साताको शुरु दाम्पत्य जीवन सुखमय रहने, मनमा शान्ति छाउनेछ । सोमबारदेखि शुक्रवारसम्म रोकिएका कामहरू बन्ने सम्भावना देखिन्छ । बोलीमा प्रभाव रहने छ । आफन्तबाट पनि सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । गरिरहेका कामबाट सन्तुष्टि मिल्नेछ । यात्रा पनि फलदायी बन्नेछ । घरायसी सुख सुविधाले तपाईँलाई प्रफुल्लित बनाउने छ । आर्थिक क्षेत्रमा सफलता मिल्ने योग । तर महिला साथीबाट धोका हुने, आलोचना गर्नेहरूले स–साना त्रुटि औँल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । यो सातामा सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुराउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरू दिन भने तपाईँका लागि मध्यम रहनेछन् । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोपसमेत लाग्नेछ । तपाईँले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्थासमेत सिर्जना हुने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । यस्तै, लाभका अवसर हात पर्ने योग छ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । बिरामी हुनुहुन्छ भने यो हप्ताबाट स्वास्थ्यमा सुधार आउनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । यश, प्रतिष्ठा बढ्ने कार्यमा सहभागी हुन पाइनेछ । घर परिवारमा विशेष परिवर्तन आउनेछ । विवादित मुद्दा भए आफ्नो जीत हुनेछ । सोमबार विशेष सतर्क हुनुहोला । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामी राशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउँदा राम्रो हुनेछ ।

तुला : यो साता तपाईँका लागि औसत रहने छ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ । पठनपाठनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सबैभन्दा उत्तम दिन बिहीबार हुनेछ भने सबैभन्दा नराम्रो दिन शनिवार छ । शनि देवको पूजा विधि अपनाउनुहोला । बिहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन । बाहिर खानु अघि विचार गर्नुहोला किनकि स्वास्थ्यमा समस्या आउन सक्छ । जग्गा खरिद विक्रीका लागि शुभ हुनेछ । मनमा प्रसन्नता भए पनि पारिवारिक कलह हुनसक्छ । यो साताको पहिलो तीन दिन तुलनात्मक रुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् । नाम र दाम दुवै कमाउने योग छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै रुची रहे पनि त्यो दिगो बन्नेछ । सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । व्यापार व्यवसायमा सन्तुष्टि प्राप्त हुने योग छ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो हुनेछ । सामाजिक सम्बन्धहरूमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरूको विश्वास नगरिहाल्नुहोला । पारिवारिक साथ–सहयोग मिल्नेछ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम हुनेछ । पहिले देखिको योजना कार्यान्वयनमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । यस्तै, आश्रित कर्मचारी, छोरा–छोरीसँग विवाद गर्नु हितमा छैन । व्यवसाय, व्यापारमा हानी, नोक्सानी बेहोर्नु पर्नेछ । कुनै न कुनै प्रकारको रोगले दुःख दिने सम्भावना पनि त्यत्तिकै छ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाईँले नीलो रङ्गको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ ।

वृश्चिक : यो साता तपाईँको मध्यम छ । आँटेको र ताकेको कार्य पूरा हुने बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमत्तापूर्ण हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्ने, पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । बुधबार र बिहीबार तपाईँका लागि राम्रो देखिन्छ । तपाइले चालेका योजनामा क्रमिक सुधार आएको आभास हुनेछ । शुक्रवारको दिन पनि सन्तोषजनक नै बित्नेछ । शनिवार सबैभन्दा उत्तम दिन छ । प्रतिस्पर्धीलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला । मन खिन्न रहे पनि पुनः उत्साह जाग्नेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन पनि सक्नेछ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईँका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्नेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबडी आउने देखिन्छ । तपाईँको मेहनतको प्रतिफल अरूले नै लिने योग देखिन्छ । गरेको कार्य असफल हुनेछ । पेट रोगले सताउनेछ, खानपिनमा ध्यान दिनु जरुरी छ । मन चञ्चल रहने हुनाले जुनसुकै काममा पनि सतर्क हुनुहोला । चिन्ता पर्ने समाचार पनि सुन्नुपर्ने हुनसक्छ । वायु रोगको शिकार हुन सक्ने, मन परेको खानामा पनि गडबडी हुन सक्नेछ । टाढाको यात्रा समेत सुरक्षित नहुने देखिएको छ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामी राशि मङ्गल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । मन शान्त राख्नका लागि रातो रङ्गको कपडा लगाउँदा राम्रो हुनेछ ।

धनु : यो साता बोलीमा प्रभाव रहने भएकाले केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना भइरहनेछ । जोडी नम्बरको सवारी साधन तथा रातो रङ्गको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्त्यको दिन तपाईँका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबडी देखिएला । शुरु गरेका कामहरू सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरू आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मङ्गलवार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रवारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रसन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । शत्रुमाथि आफ्नो जीत हुनेछ । समय शुभ रहेको हुनाले सही उपयोग गरेमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । आफन्तसँग भेटघाटको पनि अवसर मिल्नेछ । गरेको कार्यले सही बाटो लिनाले आर्थिक वृद्धि हुनेछ । समय शुभ रहेकोले सही उपयोग गर्नुहोला । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेँलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । प्रत्येक शनिवार पीपलमा जल चढाउन सके शनि ग्रह शान्त हुनेछन् । पहेँलो रङ्गको कपडा लगाउँदा शुभ हुनेछ ।

मकर : यो साता बोलीमा प्रभाव रहने भएकाले केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनकको साथ मिल्ने छ । मन प्रफुल्लित, नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईँको आलोचना भइरहनेछ । जोडी नम्बरको सवारी साधन तथा रातो रङ्गको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्त्यको दिन तपाईँका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबडी देखिएला । शुरु गरेका कामहरू सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरू आफन्तलाई पनि नसुनाउँदा राम्रो हुनेछ । मङ्गलवार र बुधबार राजनीतिमा रुची जाग्नेछ । बिहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रवारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ने, मन प्रसन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ । समग्रमा यो साता रमाइलोका साथ बित्ने देखिन्छ । यस्तै, आम्दानी भन्दा खर्चमा वृद्धि हुनेछ । आफन्तबाट विरोध हुनेछ । मानसिक चिन्ता बढ्नेछ । यात्रामा पनि बाधा हुनेछ । धार्मिक क्षेत्रमा विरोध आउनेछ । मन तनावपूर्ण रहने हुनाले सतर्क हुनुहोला । धनमाल चोरी वा हराउन सक्नेछ । आइतबारदेखि गरेको कामबाट अपजस आइलाग्नेछ । समग्रमा समय खराब रहेकोले सचेत भई कार्य गर्नुहोला । मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । आफ्नो मन शान्त राख्नका लागि कालो रङ्गको कपडा लगाउनुहोला ।

कुम्भ : यो सातामा अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रिसलाई बसमा राख्नु बुद्धिमत्तापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रामा भने सावधानी अपनाउनु होला । बोलीको प्रभाव पनि बढ्नेछ । समाजसेवा तथा राजनीतिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरू बढ्ने देखिन्छ । लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्त्वपूर्ण कार्य ओझेलमा पर्न पनि सक्छ । अनुसन्धानात्मक क्षेत्रमा बढी रुची जाग्नेछ । बिहीबारको दिन राम्रो देखिँदैन, मनमा अनेक तर्क वितर्कको अन्तर्संघर्ष देखिनेछ । जबरजस्ती कामहरू थाल्नुभयो भने बीचमै रोकिनेछन् । शुक्रवार र शनिवार भने सुखद देखिन्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मान, प्रतिष्ठा र इज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । यो सातामा अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा माङ्गलिक कार्यमा धन खर्च हुन सक्छ । मौनता अपनाउनु राम्रो हुनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । आफन्त व्यक्तिसँग विवाद तथा झगडाको सम्भावना बलियो छ, कमै बोल्नु राम्रो हुनेछ । मन चञ्चल, निकट ठाउँको यात्रा, आफूले गर्न खोजेका काममा विघ्न बाधा देखा पर्नेछन् । कम्मर दुख्ने, खानामा गडबडी, यात्रामा कसैले विषालु वस्तु सुँघाउन सक्ने, कुनै चिन्ता थप्ने समाचार सुन्नुपर्ला जस्तो पनि छ । समय खराब रहेकाले काममा सतर्क हुनुहोला । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाईँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ ।

मीन : तपाईँका लागि यो हप्ता स्वास्थ्य सन्तुलित रहने देखिन्छ । आदर–सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने, मीठो परिकार खान पाइने हप्ता छ । घरमा बिहीबारका दिन कसैबाट षड्यन्त्र हुन सक्छ । तपाईँको आमदानी अर्कैले खाइदिने योग समेत बलियो छ । टाढाको यात्रामा सतर्क रहनु अत्यन्त जरुरी छ भने आइतबार शुभ रहेको छ । दाम्पत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको सङ्गतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाईँका पक्षमा आउने योग देखिन्छ । व्यर्थ मानसिक तनावबाट मुक्त हुन पनि कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रूपमा यो हप्ता कसैकहाँ जानु ठिक छैन । गरेको काम बिग्रने सम्भावना बलियो छ । बुधबार जताबाट पनि खर्च मात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनै पर्छ । साताको अन्तिम दिन भने तपाईँको राम्रो समय रहेको छ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्त्वपूर्ण कार्यहरू सम्पादन गर्दा फल प्राप्ति अवश्य हुनेछ । समय मध्यम रहेकाले कडा परिश्रमबाट सोचेअनुसार लाभ पाइनेछ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेँलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साप्ताहिक फल : साउन २७ गते सोमबारदेखि साउन ०८ गते आइतबारसम्म) (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)
 



नयाँ