arrow
ADVERTISEMENT

भारतमा आज राष्ट्रपति निर्वाचन, मुर्मू र सिन्हा मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
murmu-sinha.jpg

काठमाडौं ।  भारतमा आज नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै छ । नयाँ राष्ट्रपतिका लागि आज १० बजेदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधान सभामा मतदान हुने छ । 

त्यसको मतगणना  २१ जुलाईमा हुनेछ ।  राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुनेछ भने २५ जुलाईमा नयाँ राष्ट्रपतिले शपथ ग्रहण लिनेछन् । 

राष्ट्रपति पदका लागि सत्तारुढ दल भाजपाको तर्फबाट द्रौपदी मुर्मू र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् । द्रौपदी मुर्मू आदिवासी समुदायबाट आएकी हुन् । 

मुर्मू अनुसूचित जनजातिसँग सम्बन्धित दोस्रो व्यक्ति हुन् जसलाई भारतको राष्ट्रपति पदका लागि उम्मेदवारको रूपमा मनोनयन गरिएको छ । उनले यसअघि सन् २०१५ देखि २०२१ सम्म झारखण्डको नवौं गभर्नरको रूपमा काम गरिसकेकी छन् । यदि द्रौपदी मुर्मूले राष्ट्रपति चुनाव जितिन् भने उनी राष्ट्रपति हुने पहिलो आदिवासी महिला हुनेछिन् ।

अर्का उम्मेदवार यशवन्त सिन्हाले पूर्व प्रधानमन्त्री चन्द्रशेखरको सरकारमा सन् १९९० देखि १९९१ सम्म र  सन् १९९८ देखि २००२ सम्म पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सरकारमा अर्थमन्त्रीको रूपमा काम गरेका थिए । यशवन्त सिन्हा विदेश मन्त्री पनि थिए । २०१८ मा पार्टी छाड्नुअघि उनी भारतीय जनता पार्टीका वरिष्ठ नेता थिए । 

त्यसपछि उनी अखिल भारतीय तृणमूल कांग्रेसमा प्रवेश गरे । यद्यपि, उनले राष्ट्रपतिको उम्मेदवारको रूपमा निर्वाचित हुनुभन्दा एक दिन अघि टीएमसी छोडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ