arrow

अर्थमन्त्री प्रकरण : सीसीटीभी फुटेजको खोजीमा समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
janardan-budget.PNG

काठमाडौं । संसदीय विशेष समिति सीसीटीभी फुटेजको खोजीमा रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेरका सम्बन्धमा गठित छानबिन समितिलाई अर्थ मन्त्रालयले आजसम्म सीसीटीभी फुटेज दिएको छैन । 

गत मङ्गलवार बसेको  छानबिन समितिको बैठकले बिहीबार भित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज उपलब्ध गराउन निर्देशन दिएको थियो । तर मन्त्रालयले बजेट निर्माणको समयको नभई अर्को महिनाको फुटेज दिएको छ । 

समितिले दुई पटक ताकेता गर्दा पनि जेठको सीसीटीभी फुटेज मन्त्रालयले पाएन । तर असार महिनाको फुटेज भने समितिलाई मन्त्रालयले थमाइदिएको छ ।

फुटेज नपाएपछि बुधवार संसदीय विशेष छानबिन समितिले अर्थ मन्त्रालयमा स्थलगत अवलोकनमा पुगेको थियो । निरीक्षणका क्रममा सीसीटीभी कहाँकहाँ तथा कुन कुन कार्यकक्षमा जडान गरिएका तथा सिसिटिभीको संरचना र नियन्त्रण कसरी गरिएको छ भन्ने सम्बन्धमा  समितिले जानकारी लिएको थियो ।

बजेटमा करको दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय समिति गठन गरिएको छ । 

यसअघि उपभोक्ता हित संरक्षण मञ्चलाई बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएको थियो । 

मन्त्रालयले सीसीटीभी फुटेज मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने भन्दै आएको छ । 

मन्त्रालयमा बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुऱ्याउने काम गरेको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ