arrow

चीन, भारतसँगै साउदीले पनि रुसी तेलको आयात दोब्बर पार्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
MBS-putin-saudi-russia.jpg

काठमाडौं । तेलको सबैभन्दा ठूलो उत्पादक मध्येको एक साउदी अरेबियासमेत पश्चिमी प्रतिबन्धहरूको बाबजुद रुसी तेल आयात बढाइरहेका देशको सूचीमा सामेल भएको छ ।

रोयटर्स समाचार एजेन्सीले विश्लेषण गरेको तथ्यांक अनुसार खाडी मुलुक साउदीले दोस्रो त्रैमासिकमा ६ लाख ४७ हजार टन रुसी तेल आयात गरेको छ। 

अघिल्लो वर्षको यसै अवधिमा साउदीले ३ लाख २० हजार टन मात्रै रुसी तेल आयात गरेको थियो ।

रोयटर्सले रेफिनिटिव इकोन जहाज ट्र्याकिङ मार्फत प्राप्त डाटालाई उद्धृत सन् २०२१ भरीमा साउदीले रुसबाट १० लाख ५० हजार टन तेल आयात गरेको जनाएको छ ।

रुसी तेलमाथि साउदीको निर्भरता यसका पश्चिमी सहयोगीहरूको विरुद्ध छ । पश्चिमा मुलुकहरूले प्रतिबन्ध लगाएर रुसलाई कमजोर पार्न खोजे पनि सस्तो मूल्यमा तेल बेचेर भ्लादिमिर पुटिनले आफ्नो अर्थतन्त्रलाई सन्तुलित बनाउन खोजेका छन् ।

'साउदी अरेबियाले वास्तवमै रुसी इन्धन तेलको आयात बढाइरहेको छ किनकि त्यहाँ कुनै प्रतिबन्धहरूले यो हुनबाट रोक्न सक्ने छैन,' एनर्जी एस्पेक्ट्सका तेल विश्लेषक पिटर ला कोरले ब्लूमबर्गलाई भनेका छन् ।

'रुसी तेल साउदीको ग्रीष्मकालीन ऊर्जा उत्पादनको माग पूरा गर्न उपलब्ध सस्तो ब्यारेल हो र यसले आर्थिक महत्त्वसमेत राख्छ ।'

साउदी बाहेक रुसी तेलका प्रमुख खरिदकर्ता भारत र चीन रहेका छन् । यी मुलुकहरुले रुस–युक्रेन युद्धपछि हालै बढेको मुद्रास्फीति नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् ।

साउदीले इजिप्ट मार्फत रुसी तेल आयात गर्दै आएको छ । जुन महिनामा प्रति दिन कम्तीमा १ लाख १० हजार ब्यारेल तेल साउदीले आयात गरेको थियो । काइरोले पनि जुनमा रुसबाट प्रतिदिन ७० हजार ब्यारेल तेल आयात गरेको रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्न र सुरक्षा सुदृढ एवं सबैभन्दा महत्त्वपूर्ण कुरा तेलको विश्वव्यापी प्रवाह बढाउने प्रयासमा साउदीको भ्रमण गरेको बेला साउदीले भने रुसी तेल आयात बढाएको रिपोर्ट बाहिरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ