arrow
ADVERTISEMENT

नर्मदा नदीमा खस्यो यात्रुवाहक बस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
narmada-river-bus.jpg

काठमाडौं । भारतको मध्य प्रदेशको नर्मदा नदीमा यात्रुवाहक बस खसेको छ । इन्दोरबाट पुणे जाँदै गरेको बस बिहान पौने ११ बजे  नर्मदा नदीमा खसेको हो ।

बसबाट १३ जनाको शव निकालिएको छ । जसमा ८ पुरुष, ४ महिला र १ बालबालिका रहेका छन् । बसमा कति यात्रु थिए त्यसको विवरण आएको छैन । 

घटनास्थलमा खटिएका उद्धार टोलीले अहिलेसम्म कसैलाई पनि जीवितै बाहिर निकाल्न नसकिएको बताएका छन् ।

खलघाटको दुई लेनको पुलमा गाडीलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको हो । 

चालकले सन्तुलन गुमाएपछि बस रेलिङ भाँच्दै खोलामा खसेको थियो । 

दुर्घटनाको जानकारी पाउनासाथ खलघाटलगायत आसपासका मानिसहरू घटनास्थल पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ