arrow

के बिहे गर्दैछन् ऋतिक रोशन ? ज्योतिषीले गरेका थिए यस्तो भविष्यवाणी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
hrithik-saba-azad.jpg

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशन र सबा आजाद रिलेशनशिपमा छन् । यद्यपि उनीहरू मध्ये कसैले यो पुष्टि गरेका छैनन् । केही समयअघि 'मोस्ट ह्यान्डसम मेन इन द वर्ल्ड' को उपाधि जितेका ऋतिक रोशन र सबा आजाद छुट्टी मनाउन लण्डन गएका थिए । 

दुवैलाई धेरै पटक कार्यक्रम र रात्रि भोज सँगै बिताउँदै आएका छन् । ऋतिक रोशन र सबा आजादले छिट्टै विवाह गर्न सक्ने धेरै फ्यानले अनुमान लगाउन थालेका छन् । 

वर्षौंअघि चर्चित ज्योतिषी बेजन दारुवालाले ऋतिकको दोस्रो विवाहको भविष्यवाणी गरेका थिए । सुजैन खान र ऋतिक रोशन अलग भएको केही समय पछि एक पत्रकारलाई ज्योतिषी दारुवालाले अभिनेताको कुण्डलीमा दोस्रो विवाह गर्ने संयोग रहेको भविष्यवाणी गरेका थिए । त्यसपछि यो समाचारले तताएको थियो । 

अब त्यो भविष्यवाणी के हुने हो हेर्न बाकी छ । 

सन् २००० मा बलिउड डेब्यू गरेका ऋतिकले सोही वर्षको डिसेम्बरमा आफ्नो प्रेमिका सुजैनसँग विवाह गरेका थिए । पहिलो फिल्मदेखि नै ऋतिकले ठूला कलाकारहरूबिच आफूलाई स्थापित गरेका थिए। पहिलो फिल्म रिलिज भएपछि ३० हजार युवतीले ऋतिकलाई विवाहको लागि प्रस्ताव राखेका थिए । २०१४ मा ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भयो ।

ऋतिक रोशनले हालै दक्षिण भारतीय चलचित्र ‘विक्रम वेधा’ को सुटिङ पूरा गरेका छन् । फिल्ममा सैफ अली खान उनको अपोजिट रोलमा देखिनेछन् । अभिनेतासँग दीपिका पादुकोण अभिनीत फिल्म ‘फाइटर’ पनि छ । 

यस फिल्ममा ऋतिक र दीपिका पादुकोणको जोडी पहिलो पटक ठूलो पर्दामा देखिनेछ । यसका अलावा ऋतिक रोशन उनका बुबा राकेश रोशनले निर्देशन गर्ने फिल्म ‘क्रिश ४’ को पनि आउदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ