arrow
ADVERTISEMENT

गर्मीले युरोपमा संकट: हजार बढीको मृत्यु, बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
Europe-wildfires-het-temperature.jpg

काठमाडौं । पश्चिमी युरोपका केही भाग चरम गर्मीको चपेटामा परेका छन् । उच्च तापक्रमले फ्रान्स र स्पेनका जङ्गलमा आगो लागेको छ । पोर्चुगलमा खडेरी बढ्दै गएको छ भने बेलायतमा सोमबार अहिलेसम्मकै तेस्रो सबैभन्दा तातो दिन बनेको छ ।

दक्षिण पश्चिम फ्रान्सको गिरोन्डेमा हजारौं एकडमा आगो लागेको छ । यसलाई नियन्त्रणका लागि अधिकारीहरुले एक हजार सात सय फायर फाइटरहरू खटाएका छन् ।

फ्रान्सेली राष्ट्रिय मौसम विज्ञान सेवा फ्रान्सका अनुसार नजिकैको शहर कजक्समा सोमबार ४२.४ डिग्री सेल्सियस (१०८.३ डिग्री फरेनहाइट) तापमान रेकर्ड गरिएको छ । एक सय वर्षअघि मौसम स्टेशन खोलिए यता यो पहिलो पटकको सबैभन्दा उच्च तापमान हो ।

नान्टेस र ब्रेस्टलगायत पश्चिमी फ्रान्सका प्रमुख शहरहरूले पनि अहिलेसम्मकै उच्च तापमान रेकर्ड गरेका छन् ।

स्पेनमा आइतबार क्यास्टिल र लियोनको मध्य क्षेत्र एवं ग्यालिसियाको उत्तरी क्षेत्रमा आइतवारलाई भयानक आगलागी भएको छ । आगोकै कारण राज्य सञ्चालित रेलवे कम्पनीले म्याड्रिड र ग्यालिसिया बीचको सेवा अवरुद्ध गरेको थियो ।

यस वर्ष स्पेनमा आगलागीका कारण ७० हजार हेक्टरभन्दा बढी क्षेत्र नष्ट भएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार बताएका छन् । '७० हजार हेक्टर पछिल्लो दशकको औसत भन्दा झन्डै दोब्बर क्षेत्रमा भएको आलागी हो,' उनले भनेका छन् ।

देशको कार्लोस ती स्वास्थ्य संस्थानले सोमबार अत्यधिक मृत्युको तथ्याङ्कीय गणनाको आधारमा देशमा ५१० भन्दा बढीको गर्मीकै लहर सम्बन्धी मृत्यु भएको जनाएको छ ।

छिमेकी मुलुक पोर्चुगलमा पनि सयौंको मृत्यु भएको छ । त्यहाँको बढ्दो तापक्रमले खडेरीलाई गम्भीर तरिकाले बढाएको छ। पोर्चुगलको स्वास्थ्य मन्त्रालयले विगत सात दिनमा ६५९ जना खासगरी वृद्ध व्यक्तिको मृत्यु भएको जनाएको छ ।

उत्तरी पोर्चुगलमा डढेलोबाट भाग्न खोज्दा गाडी पल्टिँएर सोमबार एक वृद्ध दम्पतीको समेत मृत्यु भएको छ । दक्षिणी युरोपमा चलिरहेको गर्मीको लहरका कारण कुलमा एक हजार एक सय भन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

यो साता गर्मीको लहर उच्च हुने अनुमान गरिएको छ । देशभर गर्मीको लहर चलिरहेको बेला फ्रान्सको राजधानी पेरिसको तापक्रम मंगलबार ३९ डिग्री सेल्सियस (१०२.२ डिग्री फरेनहाइट)  पुग्ने अनुमान गरिएको छ ।

बेलायतमा सोमबारको तापक्रम पूर्वी इङ्गल्याण्डको स्यान्टन डाउनहममा ३८.१ डिग्री पुगेको छ । यो अहिलेसम्मकै तेस्रो तातो दिन बनेको छ । अधिकारीहरुले तापमान अझैं बढेर स्थिति खतरनाक हुन सक्ने चेतावनी दिएका छन् ।

मौसम विभाग मेट अफिसका सीईओ पेनेलोप एन्डर्सबीले मंगलबार तापमान अझैं बढ्न सक्ने चेतावनी दिएका छन् । मंगलबार बेलायतमा ४० डिग्री भन्दा बढी तापमान पुग्न सक्ने चेतावनी मौसम विभागले दिएको हो ।

जलवायु परिवर्तनका चरम असरहरु देखिँदै गइरहेको अवस्थामा पनि कार्बन उत्सर्जन न्यूनीकरणका योजनाहरु भने कार्यान्वयनको स्थितिमा छैनन् । 

कोभिड १९ को महामारी र रुस र युक्रेनबीचको युद्धका कारण वैश्विक अर्थतन्त्रमा हावी उथलपुथलले जलवायु परिवर्तन न्युनिकरणका लागि यो दशकमा उल्लेखनीय काम नहुने संकेत गरेको देखिन्छ । यसले आउँदा दशकमा स्थिति झनैं संकटग्रस्त बनाउँदै लैजानेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ