arrow

इब्राहिम रइसीलाई भेट्न पुटिन र एर्दोगान तेहरानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
russia-iran-turkey-putin-erdogan-raisi.jpg

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन इरानी राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ताका लागि तेहरान पुगेका छन् ।

मंगलबारको भेटवार्ताका क्रममा पुटिन र एर्दोगानले ब्ल्याक सीमार्फत युक्रेनी अन्न निर्यात फेरि शुरु गर्ने उद्देश्यका साथ एक सम्झौतामा छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।

तर, तिनै देशका नेताहरू र उनीहरूका प्रतिनिधिमण्डलहरूले द्विपक्षीय बैठकहरू पनि गर्ने अपेक्षा गरिएको छ । 

जसमा युक्रेनको युद्धदेखि इरानको विश्व शक्तिहरूसँग २०१५ को आणविक सम्झौतासम्मका मुद्दामा छलफल हुन सक्ने बताइएको छ ।

सिरियामा एकतर्फ टर्की र अर्कोतर्फ रुस र इरान हुन पुगेपछि तनाव बढ्दैका बेला तेहरान शिखर सम्मेलन हुन लागेको हो । 

टर्कीले जुन १ मा दुई उत्तरी सिरियाका शहरहरूमा आतंकवादी कुर्दिश सशस्त्र समूहहरूलाई लक्षित गर्न नयाँ सैन्य कारबाही शुरु गर्ने घोषणा गरेको थियो ।

रुस र इरान सिरियाली राष्ट्रपति बसर अल असदको सरकारका दुई ठूला समर्थक हुन् । करिब १० वर्ष पहिले शुरु भएको आफ्नो देशको गृहयुद्धकाबीचसमेत राष्ट्रपति बसर अल असद शक्ति कायम राख्न सफल भएका छन् ।

सिरियाको मामिलामा सहमतिमा पुग्ने त्रिपक्षीय प्राथमिक एजेण्डा हुनसक्ने ठानिएको छ । यस्तै युक्रेनयुद्धका क्रममा टर्की र इरान दुवैले रुसकै पक्षमा रहेको संकेत गरेका छन् । यस विषयमा समेत छलफल हुने बताइएको छ ।

यसबाहेक संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गत हप्ता इरानले युक्रेनको युद्धमा प्रयोग गर्न रुसलाई सयौं सशस्त्र ड्रोन बेच्न चाहेको दाबी गरेका थिए । पुटिनको भ्रमणका क्रममा ड्रोन डीलबारेसमेत छलफल हुनसक्ने ठानिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मध्य पूर्वको भ्रमण सकेपछि इरान शिखर सम्मेलन हुन लागेको हो । बाइडेनले इरानको कट्टर शत्रु इजरेल र प्रतिद्वन्द्वी साउदी अरेबियाको भ्रमण गरेका थिए ।

पश्चिमले प्रतिबन्ध लगाए पनि चीन, भारत, टर्की, इरानलगायत विभिन्न मुलुकको समर्थन पाएको रुस सशक्त भएर अघि बढिरहेको छ ।

यसबीच मध्यपूर्वमा स्थिति सन्तुलन र रुसको सशक्ततालाई जारी राख्ने उद्देश्य हुन सक्ने अनुमानका साथ इरान शिखर सम्मेलनलाई विशेष रुपमा हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ