arrow

हेटौंडामा प्रेस युनियनको महाधिवेशन- तयारी अन्तिम चरणमा, पत्रकार राख्न होटल फुल प्याक

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ साउन ३ मंगलबार
Nepal-Press-Union-600x300.jpg

हेटौंडा । नपाली कांग्रेसको शुभेच्छुक पत्रकारहरुको सस्था नेपाल प्रेस युनियनको ९ औं महाधिवेशन यहीँ साउन ६ र ७ गते हेटौंडामा हुँदैछ ।०७१ भदौमा ८ औं महाधिवेशन भएपछि ८ वर्षपछि हुन गैरहेको युनियनको अधिवेशनको तयारी तीव्र पारिएको छ ।

आसन्न अधिवेशनको लगभग तयारी अन्तिम चरणमा पुगेको प्रेस युनियन मकवानपुर शाखाका अध्यक्ष कुमार अधिकारी पोष्टराजले जानकारी दिए । अधिवेशनका लागि देशभरबाट १६ सय बढी केन्द्रीय पार्षद् आफ्ना नेतालाई जिताउन हेटौंडा आउने छन् । त्यस्तै हालको केन्द्रीय समिति अतिथिलगायत गरी १८ सय पत्रकार र अन्य गरी २ हजार जना हेटौंडामा उपस्थित हुने अधिकारीले बताए ।

युनियनको अधिवेशन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशन सभ्य र भब्य बनाउन प्रेस युनियन मकवानपुर र केन्द्रका पदाधिकारी तीब्र रुपमा लागिरहेको आयोजक समितिले जनाएको छ ।

करिब दुई हजार जना अतिथिलाई हेटौंडामा राख्नको लागि प्रेस युनियन आयोजक समितिले हेटौंडाका होटल सबै बुक गरेको छ ।  हेटौंडामा रहेका अधिकांश होटल, मकवानपुर गढी, अमलेखगन्ज र सौराहाका होटलसमेत बुक गरिएको आवास व्यवस्थापन समिति संयोजक रुपेश दुलालले बताए ।

हेटौंडामा ४२ वटा होटल पत्रकारका लागि बुक गरिएको छ भने अरु अन्य स्थानमा बुक गरिएको छ । हेटौंडा बजारमा १ सय को हाराहारीमा होटलहरु रहेका छन् भने ६२२ वटा कोठाहरु छन् अग्रिम बुकिंग भैसकेकाले होटलहरु पत्रकारका लागि दिन नसकिएको होटल एसोसिएसनले जनाएको छ । देशभरबाट आएका अतिथिलाई बस्न असुविधा नहोस भनेर एसीसहितको कोठाको व्यवस्था गरिएको युनियन महाधिवेशन स्थानीय समन्वय समितिले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ