arrow

हेटौंडा क्याम्पसमा परीक्षा दिन आएकी छात्रासँग चिट छ भन्दै भित्री वस्त्र खोल्न लगाएको आरोप

logo
रविन्द्र गौतम
प्रकाशित २०७९ साउन ४ बुधबार
hetauda-cumpus.jpg

हेटौंडा। हेटौंडामा परीक्षा दिन आएका विद्यार्थीमाथि दुर्व्यवहार गरिएको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् ।

मङ्गलवार हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसमा बी.एड. दोस्रो वर्षको परीक्षा दिन आएका मकवानपुर बहुमुखी क्याम्पसका २ विद्यार्थीलाई प्राध्यापकबाट दुर्व्यवहार भएको विद्यार्थीहरूले बताएका छन् ।

परीक्षा हलमा पस्ने बेला २ छात्रालाई चिट लिएर आएको भन्दै पाइन्ट र भित्री वस्त्रसमेत खोल्न लगाइएको विद्यार्थीहरूले आरोप लगाएका छन् । 

दुई मध्ये एक छात्रालाई महिनावारी भएको छु भन्दा समेत प्याड भित्र चिट होला भन्दै भित्रि वस्त्र खोल्न लगाइएको उनीहरूले बताएका छन् ।

यो विषयमा दुर्व्यवहार गर्ने प्राध्यापक र क्याम्पस प्रशासनलाई कानुनी कारबाही हुनुपर्ने विद्यार्थीहरूले माग गरेका छन् । 

उक्त घटनाबारे विभिन्न विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति निकालेर घोर भर्त्सना गरेका छन् । तत्काल घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने विद्यार्थी सङ्गठनहरूले आवाज उठाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ